default_image

3 years ago

June 16, 2021

एसियन कप छनोट : प्लेअफमा नेपालको सम्भावित प्रतिद्वन्द्वी

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को समूह चरणको सम्पूर्ण खेलहरु समापन भएसँगै छनोटको समीकरणको खाका तयार भएको छ । नेपालको हकमा एसियन कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्ने यसअघि टुंगो लागेको थियो । नेपाल समूह बी मा चौथो स्थानमा रहँदै प्लेअफ खेल्न बाध्य भएको थियो । त्यस्तै नेपालसँगै […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को समूह चरणको सम्पूर्ण खेलहरु समापन भएसँगै छनोटको समीकरणको खाका तयार भएको छ । नेपालको हकमा एसियन कप छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्ने यसअघि टुंगो लागेको थियो ।

नेपाल समूह बी मा चौथो स्थानमा रहँदै प्लेअफ खेल्न बाध्य भएको थियो । त्यस्तै नेपालसँगै समूहको चौथो स्थानमा रहेका माल्दिभ्स, हङकङ र श्रीलंकाले पनि प्लेअफ चरण पार गर्नुपर्ने भएको छ । चौथो स्थान नै रहेकामध्य थाइल्याण्ड, सिंगापुर, मंगोलिया र अफगानिस्तान भने शीर्ष ४ मा रहँदै तेस्रो चरणमा अघि बढ्न सफल रहे ।

त्यस्तै समूहको पुछारमा रहेका गुआम, चाइनिज ताइपेइ, कम्बोडिया, यमन, बंगलादेश, म्यानमार र इन्डोनेसियाले पनि प्लेअफमा सहभागी हुनेछन् । उत्तर कोरियाले छनोट प्रक्रियाबाट नै नाम फिर्ता लिएको कारण अब प्लेअफमा पनि केहि परिवर्तन भएको छ । दोस्रो चरण छनोटको स्थान अनुसार अब शीर्ष १० टोलीले पहिलो चरणमा प्रतिस्पर्धा गर्नेछन् । यस चरणका विजयी टोली तेस्रो चरणमा छनोट हुनेछन् भने गुआमसँगै पहिलो चरणमा पराजित हुने टोलीले अर्को प्लेअफ चरण खेल्नेछन् ।

प्लेअफको पहिलो चरणका लागि १० टोलीलाई दोस्रो चरणको प्रदर्शनका आधारमा दुई पटमा विभाजन गरिएको छ । पट १ मा रहेको टोलीले पट २ मा रहेको टोलीसँग प्लेअफमा खेल्नेछ । पट १ मा नेपालसँगै हङकङ, माल्दिभ्स, श्रीलंका र म्यानमार छन् । पट २ मा यमन, बंगलादेश, इन्डोनेसिया, कम्बोडिया र चाइनिज ताइपेइ रहेका छन् ।

यस अर्थमा नेपालले पछिल्लो समय सामना गरेका चाइनिज ताइपेइ र बंगलादेशविरुद्ध नै प्लेअफ खेल्ने सम्भावना पनि छ । प्लेअफ चरणका खेल सेप्टेम्बर महिनामा हुने तालिका छ । खेल होम र अवे गरेर दुई लेगमा हुने एएफसीको तयारी छ । पहिलो चरण पार गर्न नसके दोस्रो चरणको खेल अक्टोबर पहिलो साता हुनेछ ।

विश्वकप तथा एसियन कप छनोट समापन भएसँगै एसियाबाट विश्वकप छनोट खेल्ने, एसियन कपमा छनोट हुने र एसियन कप छनोटको तेस्रो चरण खेल्ने टोलीको टुंगो पनि लागेको छ । सबै समूहका विजेतासँगै दोस्रो स्थान हासिल गर्ने शीर्ष ५ टोलीले विश्वकप छनोटको अन्तिम चरण तथा एसियन कपमा सिधा छनोट हुने प्रावधान रहेको थियो । यसै अनुसार जापान, सिरिया, कतार, दक्षिण कोरिया, अष्ट्रेलिया, इरान, यूएई, साउदी अरेबिया, इराक, ओमान, भिएतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनोट हुँदै विश्वकपमा स्थान बनाउन प्रयासरत छन् ।

दोस्रो स्थानमा रहेर पनि शीर्ष टोली बन्न नसकेका टोलीले भने अब एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन् । त्यसमा ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, कुवेत, जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, थाइल्याण्ड, फिलिपिन्स, तुर्कमेनिस्तान, अफगानिस्तान, मलेसिया, सिंगापुर र मंगोलिया छन् ।

नोट : एएफसीले बुधबार नै विज्ञप्ति जारी गर्दै छनोट प्रक्रियामा परिमार्जन गरेपछि नेपाल सिधै एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गरेको छ

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.