default_image

3 years ago

June 16, 2021

रोनाल्डोको कारण कोकलाई ठूलो घाटा

एजेन्सी – युरो कपको साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विविध कारणले चर्चामा रहे । पाँच पटक युरो खेलाडी बनेका रोनाल्डोले युरो कपमा टोलीको पहिलो खेलका क्रममा हंगेरीविरुद्ध ३–० को जितमा २ गोल गर्न सफल भए । रोनाल्डो यससँगै युरो कप इतिहासकै सर्वाधिक ११ गोल गर्ने खेलाडी पनि बनेका छन् । भाग लिएका सबै युरोपमा […]

124 views

0 Bookmark

एजेन्सी – युरो कपको साविक विजेता पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो विविध कारणले चर्चामा रहे । पाँच पटक युरो खेलाडी बनेका रोनाल्डोले युरो कपमा टोलीको पहिलो खेलका क्रममा हंगेरीविरुद्ध ३–० को जितमा २ गोल गर्न सफल भए ।

रोनाल्डो यससँगै युरो कप इतिहासकै सर्वाधिक ११ गोल गर्ने खेलाडी पनि बनेका छन् । भाग लिएका सबै युरोपमा गोल गर्ने खेलाडी पनि बन्न सफल भएका छन् । तर खेलअघि पत्रकार सम्मेलनमा उनले गरेको व्यवहार पनि चर्चामा रह्यो । जसका कारण पेय पदार्थ कोकाकोलाले भने भारी मुल्य चुकाउनु परेको छ ।

पत्रकार सम्मेलनमा टेबलमा राखिएको कोका कोलाको दुईवटा बोतललाई राखिएको ठाँउबाट रोनाल्डोले हटाएका थिए । त्यसको कारण कोकले आफ्नो शेयर भाउमा गिरावट आउँदा ४ बिलियन डलर घाटा बेहोर्नु परेको बताइएको छ ।

पोर्चुगिज कप्तान आफ्नो स्वास्थ्यप्रति निकै सचेत रहने गर्छन् र यस्ता पेय पदार्थबाट टाढै रहन्छन् । पत्रकार सम्मेलनमा कोकको बोटल हराउँदै उनले पानीको बोतल हातमा उठाउँदे देखाएका थिए । उनको पानी पिउनु हितकर हुने सन्देश दिएका थिए । उनको त्यो सन्देश सामाजिक सञ्जालमा चर्चाको विषय बनेको थियो । उनको त्यो व्यहारले कोकलाई भने असर परेको छ ।

कोकको सेयर मुल्य ५६.१० बाट घटेर ५५.२ अमेरिकी डलरमा झरेको छ । जसले कम्पनीको बजार भाउ २ सय ४२ बिलियन डलर बाट २ सय ३८ बिलियन डलरमा झरेको बताइएको छ । मैदानमा मात्र होइन मैदान बाहिरका व्यवहारका कारण पनि रोनाल्डो चर्चामा रहने गरेका छन् ।

पेय पदार्थका बारेमा रोनाल्डोले बोलेको यो पहिलो पटक भने होइन । उनले यसअघि पनि आफूले छोरालाई पेय पदार्थबाट टाढा राख्ने कोशिस गरेको बताएका थिए । मेरो छोरा प्राय कोका कोला वा फेन्टा पिउन र चिप्स खान मन पराउछु, रोनाल्डोले भनेका थिए, उसलाई थाहा छ मलाई यो सबै चिज मन पर्दैन । मंगलबार पोर्चुगलका लागि उनको प्रदर्शनले मैदानमा जति प्रभाव पर्यो त्यो भन्दा बढी उनको बोलीले शेयर बजारमा परेको छ ।

यो पनि : एसियन कप छनोट : प्लेअफमा नेपालको सम्भावित प्रतिद्वन्द्वी

March 19, 2024

पुलिससँग हारे पनि एभरेष्ट सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल पुलिस क्लबलेआठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा महिलातर्फ दोस्रो खेल जितेको छ। पुलिसले मंगलबार एभरेष्ट भलिबल क्लबलाई‌ ३-२ ले हराउँदै दोस्रो जित निकालेको हो । हारका बाबजुद ३ खेलमा ७ अंक साथ एभरेष्ट सेमिफाइनलमा पुगेको छ।पुलिसले एभरेष्टलाई २५-२७, २५-१८, २७-२५,२७-२५, १५-९ ले हराएको हो । सोही समूहमा त्रिभुवन आर्मीले पहिलो जित दर्ता […]

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

Success

Thank you for your time.