default_image

3 years ago

June 16, 2021

नेपाल सिधै एसियन कप छनोटको तेस्रो चरणमा!

एजेन्सी – एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीको नयाँ प्रक्रियाअनुसार नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो । एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान […]

69 views

0 Bookmark

एजेन्सी – एसियाली फुटबल महासंघ (एएफसी) ले छनोट प्रक्रियामा परिमार्जन गरेसँगै नेपालले एएफसी एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाएको छ । एएफसीको नयाँ प्रक्रियाअनुसार नेपालले प्लेअफ खेल्न नपर्ने भएको हो ।

एएफसीका अनुसार एसियन कप आयोजना गर्ने चीन, विश्वकपको आयोजक तथा एसियन कपको साविक विजेता कतारले विश्वकप छनोट तथा एसियन कपमा स्थान बनाएपछि समूहको चौथो स्थानमा रहने टोलीले पनि सिधै तेस्रो चरणमा स्थान बनाउने भएको हो । यस नियमसँगै दोस्रो स्थान हासिल गर्नेमध्य पुछारका तीन टोली तथा तेस्रो र चौथो स्थान हासिल गर्ने ८-८ टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान बनाए ।

एएफसीले पाँचौ स्थान हासिल गर्ने शीर्ष तीन टोलीले पनि तेस्रो चरणमा स्थान बनाएको जनाएको छ । अब पाँचौ स्थान हासिल गर्ने पुछारका चार टोलीले मात्र प्लेअफ खेल्नुपर्ने भएको छ । अब इन्डोनेसिया, कम्बोडिया, चाइनिज ताइपेइ र गुआमले मात्र प्लेअफ खेल्नेछन् । प्लेअफका विजयी दुई टोलीले एसियन कप छनोटको तेस्रो चरणमा स्थान पक्का गर्नेछन् ।

यसअघि नेपाल समूह बी मा चौथो स्थानमा रहँदै प्लेअफ खेल्न पर्ने समीकरण रहेको थियो । तर अब एएफसीको परिमार्जनसँगै माल्दिभ्स, हङकङ र श्रीलंकाले पनि चौथो स्थान नै थाइल्याण्ड, सिंगापुर, मंगोलिया र अफगानिस्तानसँग तेस्रो चरणमा अघि बढ्न सफल रहे ।

त्यस्तै समूहको पुछारमा रहेका यमन, बंगलादेश र म्यानमार पनि सिधै तेस्रो चरणमा पुगेका छन् । उत्तर कोरियाले छनोट प्रक्रियाबाट नै नाम फिर्ता लिएपछि समिकरणमा परिवर्तन भएको हो ।

विश्वकप तथा एसियन कप छनोट समापन भएसँगै एसियाबाट विश्वकप छनोट खेल्ने, एसियन कपमा छनोट हुने र एसियन कप छनोटको तेस्रो चरण खेल्ने टोलीको टुंगो पनि लागेको छ । सबै समूहका विजेतासँगै दोस्रो स्थान हासिल गर्ने शीर्ष ५ टोलीले विश्वकप छनोटको अन्तिम चरण तथा एसियन कपमा सिधा छनोट हुने प्रावधान रहेको थियो । यसै अनुसार जापान, सिरिया, कतार, दक्षिण कोरिया, अष्ट्रेलिया, इरान, यूएई, साउदी अरेबिया, इराक, ओमान, भिएतनाम, लेबनान र चीन एसियन कपका लागि सिधै छनोट हुँदै विश्वकपमा स्थान बनाउन प्रयासरत छन् ।

दोस्रो स्थानमा रहेर पनि शीर्ष टोली बन्न नसकेका टोलीले पनि सिधै एसियन कप छनोटको तेस्रो चरण खेल्नेछन् । त्यसमा ताजिकिस्तान, उज्बेकिस्तान, किर्गिस्तान, कुवेत तथा तेस्रो स्थानमा रहेका जोर्डन, बहराइन, प्यालेस्टाइन, भारत, थाइल्याण्ड, फिलिपिन्स, तुर्कमेनिस्तान, अफगानिस्तान, मलेसिया, सिंगापुर र मंगोलिया छन् ।

March 18, 2024

बहराइन जान खोज्ने पदाधिकारीको नाम राखेपबाट अस्वीकृत

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद (राखेप) ले राष्ट्रिय फुटबल टोलीसँग प्रत्यक्ष सरोकार राख्ने बाहेक अन्य पदाधिकारीलाई भने बहराइनको खेल हेर्न जानबाट रोक लगाएको छ । बहराइनमा हुने फिफा विश्व कप छनोट तथा एएफसी एसियन कप छनोट खेलका लागि एन्फाले फुटबल टोलीका साथ पदाधिकारी र अन्य गरि ४१ जनाको नाम बिहीबार स्वीकृतिका लागि राखेपमा […]

March 18, 2024

एट्लेटिकोलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बार्सिलोना आइतबार एट्लेटिको मड्रिडलाई ३-०ले हराउँदै स्पेनिस ला लिगा अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । खेलको ३८ औं मिनेटमा जोआओ फेलिक्सले गोलमा बार्सिलोनाले अग्रता लिएको थियो । यो सिजन लिगमा उनको त्यो छैटौं गोल हो ।  दोस्रो हाफको दोस्रो मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भएको थियो। ६५ औं मिनेटमा […]

March 18, 2024

लिभरपुलविरुद्ध रोमाञ्चक जित सहित म्यानचेस्टर युनाइटेड सेमिफाइनलमा

एजेन्सी – चिर प्रतिद्वन्दी लिभरपुल माथि रोमाञ्चक जित दर्ता गर्दै म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४-३ को जित निकाल्दै युनाइटेड अन्तिम चारमा पुग्न सफल भएका हो । निर्धारित ९० मिनेट २-२ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समय […]

Success

Thank you for your time.