default_image

3 years ago

June 18, 2021

ब्राजिल र पेरु भिड्दै

एजेन्सी – कोपा अमेरिका कपको समूह चरणको खेलमा साविक विजेता ब्राजिलले शुक्रबार बिहान पेरुको सामना गर्दैछ । खेल रियो दि जेनेरियोस्थित स्टेडियो निल्टन सान्तोषमा नेपाली समयअनुसार शुक्रबार बिहान ५:४५ बजे हुनेछ । यो खेललाई २०१९ को फाइनलको रिप्लेको रुपमा हेरिएको छ । त्यसबेला ब्राजिलले पेरुलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । ब्राजिल समूह चरणमा […]

81 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपको समूह चरणको खेलमा साविक विजेता ब्राजिलले शुक्रबार बिहान पेरुको सामना गर्दैछ । खेल रियो दि जेनेरियोस्थित स्टेडियो निल्टन सान्तोषमा नेपाली समयअनुसार शुक्रबार बिहान ५:४५ बजे हुनेछ ।

यो खेललाई २०१९ को फाइनलको रिप्लेको रुपमा हेरिएको छ । त्यसबेला ब्राजिलले पेरुलाई ३–१ ले हराउँदै उपाधि जितेको थियो । ब्राजिल समूह चरणमा लगातार दोस्रो जित निकाल्दै क्वाटरफाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुदा पेरु प्रतियोगितामा पहिलो खेल खेल्दैछ ।

ब्राजिलसँग स्टार फरवार्ड नेयमार, गाव्रियल जेसस, रिचार्लीसन, क्यासमिरो, मार्किन्हस, इडर मिलिसाओ, डानिलो र गोलरक्षक एलिसन बेकरको साथ रहेको छ । यस्तै रेनान लोडी, फ्रेड, गाब्रिएल बार्बाेसा, एभर्टन रिवेइरो, भिनिसियस जुनियर, रोबर्टाे फिर्मिनो र थियागो सिल्भा पनि टोलीमा रहेका छन् ।

यता, पेरु पनि ब्राजिललाई पराजित गर्दै समूहमा पहिलो जितको लक्ष्यमा हुनेछ । टोलीसँग जियानलुका लापुडुला, क्रिस्टियन कुभा, सर्जियो पिना, रेनाटो तापिया, मार्काेस लोपेज, लुइस एडभिनकुला र गोलरक्षक पेड्रो गाल्लेसको साथ रहेको छ ।

यि दुई टोलीको पछिल्लो ८ भेटमा ब्राजिल ६ खेलमा विजयी भएको छ । दुई खेल पेरुले जितेको छ । २०१९ को कोपापछि यि दुई टोलीले दुई खेल खेल्दा दुवै टोलीले समान एक जित हात पारेका छन् । ११ सेप्टेम्वर २०२० मा को मैत्रीपुर्ण खेलमा पेरुले ब्राजिललाई १–० ले हराउद्या १४ अक्टोवर २०२० को विश्वकप छनोटमा ब्राजिलले ४–२ को जित निकालेको थियो ।

ब्राजिल पछिल्लो सात खेलमा अपराजित छ । पेरुले पछिल्लो ६ खेलमा एक मात्रै जित निकालेको छ । पेरुले दुई साताअघि विश्वकप छनोटमा इक्वेडरलाई २–१ ले हराएको थियो ।

यही समूहको अर्काे खेलमा शुक्रबार बिहान २ः४५ बजे कोलम्वियाले भेनेजुएलासँग प्रतिस्पर्धा गर्दैछ । कोलम्विया लगातार दोस्रो जितको खोजीमा रहँदा भेनेजुएला पहिलो जितको खोजीमा हुने छ । कोलम्वियाले इक्वेडरलाई १–० ले पराजित गर्दा भेनेजुएलाले ब्राजिलसँग ३–० को हार बेहोरेको थियो ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.