default_image

3 years ago

June 18, 2021

ब्राजिलको सानदार जित

एजेन्सी – आयोजक ब्राजिलले कोपा अमेरिका कपमा लगातार दोस्रो जित दर्ता गर्दा पेरुमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको हो । रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेयमार र एभर्टन रिवेइरो र रिचार्लीसनले गोल गरे । पहिलो हाफमा एक तथा […]

45 views

0 Bookmark

एजेन्सी – आयोजक ब्राजिलले कोपा अमेरिका कपमा लगातार दोस्रो जित दर्ता गर्दा पेरुमाथि सानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा ब्राजिलले पेरुमाथि ४–० को सानदार जित हात पारेको हो ।

रियो दि जेनेरियोमा शुक्रबार बिहान भएको खेलमा ब्राजिलको जितमा एलेक्स सान्द्रो, नेयमार र एभर्टन रिवेइरो र रिचार्लीसनले गोल गरे । पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल भएको थियो ।

खेलको १२औं मिनेटमा एभर्टनको क्रस क्लियर हुन नसक्दा गाब्रियल जेससले मिलाइदिएको पासमा सान्द्रोले सहजै फिनिस गरेका थिए । २५औं मिनेटमा नेयमारको कर्नरमा जेससको हेडरबाट आएको पासमा फविन्होको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

३९औं मिनेटमा जियानलुका लापाडुलाको पासमा रेनाटो तापियाको प्रहारलाई डानिलोेले ब्लक गर्दा पेरु बराबरीबाट चुक्यो । ५२औं मिनेटमा डानिलोको पासमा गाब्रियल जेससको पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुक्यो ।

६३औं मिनेटमा रेनाटो तापियाले पेनाल्टी बक्समा बल अघि बढाउँदै गरेका नेयमारलाई फउल गरेको भन्दै रेफ्रीले सुरुवातमा ब्राजिललाई पेनाल्टी दिएपनि भिएआरको सहायता लिदा ब्राजिलले पेनाल्टीको अवसर पाएन ।

६८औं मिनेटमा नेयमारले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । फ्रेडको चलाखीपुर्ण पासलाई नियन्त्रणमा लिदै क्रिस्टियन रामोसलाई बिट गर्दै २० यार्डबाट नेयमारले गरेको प्रहारले जाली चुम्दा पेड्रो गाल्लेसले बचाउन सकेन । ब्राजिलका लागि उनको यो ६८औं गोल हो । ७३औं मिनेटमा नेयमारको प्रहारलाई गोलरक्षक गाल्लेसले उत्कृष्ट बचाउ गर्दा ब्राजिलको थप अग्रता बढेन ।

७९औं मिनेटमा एलेक्स भालेराले सिक्स यार्डमा अवसर पाएपनि उनको प्रहार क्रसबारमा लागेर फर्कदा पेरु अग्रता कम गर्नबाट चुक्यो । ८५औं मिनेटमा नेयमारको फ्रिकिक दोस्रो बारको पोस्ट नजिकैबाट बाहिरियो । ८९औं मिनेटमा सब्सिच्युट एभर्टन रिवेइरोले गोल गर्दै ब्राजिललाई फराकिलो जिततर्फ अग्रसर गराए । ४६औं मिनेटमा एभर्टनको स्थानमा मैदान छिरेका रिवेइरोले नेयमार हुदै रिचार्लीसनबाट आएको पासमा सुन्दर फिनिस गरेका थिए ।

इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा सव्सिच्युट रिचार्लीसनले गोल गर्दै ब्राजिलाई ४–० को सानदार जित दिलाए । ४६औं मिनेटमा गाब्रियल बार्बाेसाको स्थानमा मैदा छिरेका रिचार्लीसनले रोबर्टो फिर्मिनोको प्रहार रिवाउन्ड हुदा दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए । फिर्मिनोको पहिलो प्रहार गोलरक्षक पेड्रो गाल्लेसलाई रिवाउन्ड हुदा रिचार्लीसनको प्रहार डिफेन्डरले ब्लक गरेपनि उनले दोस्रो प्रयासमा गोल गर्न सफल भएका थिए । रक्षापङ्तिमा अनुभवी थियागो सिल्भा र इडर मिलिसाओ रहँदा गोलरक्षक इडर्सन मोराएसले खेलमा खासै मिहनेत गर्नुपरेन ।

यो जितसँगै ब्राजिलले अपराजित यात्रालाई नवौं खेलसम्म लम्ब्याएको छ । ब्राजिजले यसअघि भेनेजुएलालाई ३–० ले पराजित गरेको थियो । यो जितसँगै ब्राजिलले कोपा अमेरिका कपको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह ‘बी’ शीर्षस्थानमा रहेको ब्राजिलको ६ अंक छ । दोस्रो स्थानमा रहेको कोलम्वियाको ४ अंक छ । १ अंक जोडेको भेनेजुएला तेस्रो स्थानमा रहँदा अंकविहीन इक्वेडर र पेरु चौथो र पाँचौ स्थानमा रहेको छ ।

अब ब्राजिलले तेस्रो खेलमा कोलम्वियासँग तथा पेरुले दोस्रो खेलमा कोलम्वियासँग नै खेल्नेछ । शुक्रबार बिहान नै भएको खेलमा कोलम्विया र भेनेजुएलाले गोलरहित बराबरी खेलेका थिए ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.