default_image

3 years ago

June 21, 2021

कोलम्विया पेरुसँग स्तब्ध

एजेन्सी – कोपा अमेरिका कपमा कोलम्विया पेरुसँग स्तब्ध बनेको छ । बल पोसेसनमा पकड बनाएपनि आफ्नै गल्तीमा कोलम्विया पेरुसँग २–१ ले स्तब्ध बनेको हो । स्टेडियो ओलिम्पिको गोइएस ब्राजिलमा सोमबार बिहान भएको खेलमा कोलम्वियालाई स्तब्ध पार्न पेरुका सर्जियो पेनाले गोल गर्दा एक गोल उपहार पाएको थियो । कोलम्वियाका मिगुइल बोर्जाले गोल गरेपनि हार टार्न सकेन […]

92 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपमा कोलम्विया पेरुसँग स्तब्ध बनेको छ । बल पोसेसनमा पकड बनाएपनि आफ्नै गल्तीमा कोलम्विया पेरुसँग २–१ ले स्तब्ध बनेको हो ।

स्टेडियो ओलिम्पिको गोइएस ब्राजिलमा सोमबार बिहान भएको खेलमा कोलम्वियालाई स्तब्ध पार्न पेरुका सर्जियो पेनाले गोल गर्दा एक गोल उपहार पाएको थियो । कोलम्वियाका मिगुइल बोर्जाले गोल गरेपनि हार टार्न सकेन ।

खेलको सुरुवातमै डुभान जापटाको प्रहारलाई पेरुका गोलरक्षक पेड्रो गल्लेसेले बचाउँदा कोलम्विया अग्रता लिनबाट चुकेको थियो । ११औं मिनेटमा जुआन कोर्डाडोका पेनाल्टी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । १७औं मिनेटमा सर्जियो पेनाले गोल गर्दै पेरुलाई १–० को अग्रता दिलाए । उनले रिवाउन्डमा आएको प्रहारलाई गोलमा परिणत गरेका थिए ।

लगत्तै १८औं मिनेटमा जोन मेडिनाको हेडरलाई गोलरक्षक पेड्रो गल्लेसेले बचाउँदा कोलम्विया बराबरीबाट चुक्यो । २१औं मिनेटमा यारी मिनाको प्रहार सदुपयोग हुन सकेन । ५२औं मिनेटमा कोलम्वियाले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो । गोलरक्षक पेड्रो गल्लेसेले पेनालटी बक्समा मिगुइल बोर्जालाई फउल गरेपछि प्राप्त पेनाल्टीमा उनी आँफैले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

६३औं मिनेटमा यारी मिनाले आत्मघाती गोल गरेपछि पेरुले पुनः खेलमा २–१ को अग्रता लिन सफल भयो । गुस्ताभोको कर्नरलाई बचाउने क्रममा यारी मिनालाई लाग्दै बलले पोस्टको दिशा लिदा कीतान तथा गोलरक्षक डेभिड ओस्पिनाले बचाएपनि गोललाइन क्रस गरेको भन्दै रेफ्रीले गोलको मान्यता दिएको थियो ।

६७औं मिनेटमा मिगुइल बोर्जाको प्रहारलाई डिफेन्डरले ब्लक गर्दा कोलम्विया बराबरीबाट चुक्यो । लगत्तै जुआन कोर्डाडोको पासमा समगुइल बोर्जाको हेडरलाई गोलरक्षक पेड्रो गल्लेसेले विफल पारे ।

यो जितपछि समूह ‘बी’ मा पहिलो जित हात पारेको पेरु दुई खेलबाट ३ अंक जोडेर तेस्रो स्थानमा उक्लिएको छ । पराजिच कोलम्विया ३ खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा यतावत रहेको छ । ब्राजिल ६ अंक जोडेर शीर्षस्थानमा रहेको छ । भेनेजुएला २ अंकसहित चौथो स्थानमा रहँदा इक्वेडर १ अंक जोडेर पुछारमा रहेको छ ।

यही समूहको यसअघि भएको खेलमा भेनेजुएला र इक्वेडरले २–२ गोलको रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका थिए ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.