default_image

3 years ago

June 21, 2021

युक्रेनविरुद्ध अष्ट्रियालाई जित्नै पर्ने दवाव

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज (सोमबार) राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘सी’ र समूह ‘बी’ का अन्तिम चरणका खेलहरु हुनेछ । समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९ः४५ बजे हुनेछ […]

46 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज (सोमबार) राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज समूह ‘सी’ र समूह ‘बी’ का अन्तिम चरणका खेलहरु हुनेछ ।

समूह ‘सी’ मा नर्थ म्यासेडोनियाले नकआउट चरणमा पुगिसकेको नेदरल्यान्ड्सको सामना गर्दा युक्रेन र अष्ट्रियाले एक आपसमा खेल्नेछ । दुवै खेल नेपाली समयअनुसार एकै समय राति ९ः४५ बजे हुनेछ ।

रोमानियास्थित बुकारेस्टमा हुने खेलमा युक्रेनलाई अष्ट्रियाविरुद्ध बराबरीको नतिजा नै समूह उपविजेता बन्न पर्याप्त हुनेछ । तर टोली जित निकाल्दै नकआउट चरणमा पुग्ने दाउमा हुनेछ । टोलीसँग रोमन यारेम चुक, रुस्लान मालिनोभ्स्की, एन्ड्रिय यार्माेलेन्को, ओलेक्सान्डर जिन्चेन्को, माइकोला सापारेन्को, एलेक्सान्डर काराभाइव र गोलरक्षक जर्ज बुस्चान रहेका छन् ।

यता, अष्ट्रियालाई समुह चरण पार गर्न युक्रेनसविरुद्ध जितको खाँचो छ । युक्रेनलाई हराउन सके अष्ट्रियाले समूहमा दोस्रो हुँदै नकआउट चरणमा स्थान पक्का गर्नेछ । बराबरी वा हारले समूह चरण पार गर्न अन्य टोलीको नतिजा कुर्नुपर्ने हुन्छ ।

यस्तो अवस्थामा अष्ट्रिया जित निकाल्दै अघिल्लो चरण पुग्ने दाउमा हुनेछ । टोलीसँग कप्तान डेभिड अलाबा, मार्सेल सवित्जर, एन्ड्रिएस उल्मेर, सासा कालाजजिक, क्रिस्टोफ बाउमगार्टनर र गोलरक्षक ड्यानियल बचमन टोलीमा रहँदा नेदरल्यान्ड्सविरुद्ध प्रतिबन्धमा परेका फरवार्ड मार्काे अर्नाउटोभिचले टोलीमा पूनरागमन गर्न सक्नेछन् ।

यि दुई टोली हालसम्म दुईपटक भिड्दा दुवै टोलीले समान एक जित निकालेका छन् । पछिल्लोपटक २०१२ मा मैत्रीपुर्ण खेलमा अष्ट्रियाले ३–२ को जित निकाल्दा त्यसअघि २०११ मा युक्रेनले २–१ को जित निकालेको थियो ।

समूह चरणको दुई खेल सकिदा नेदरल्यान्ड्स ६ अंकसहित शीर्षस्थानमा रहँदा युक्रेन र अष्ट्रियाको समान ३ अंक भएपनि गोल अन्तरमा युक्रेन दोस्रो तथा अष्ट्रिया तेस्रो स्थानमा रहेको छ । नर्थ म्यासेडोनियाले अंकको खात खोल्न सकेको छैन ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.