default_image

3 years ago

June 21, 2021

रसिया र डेनमार्क भिड्दै

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुनेछ । समूह ‘बी’ मा रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीचको खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । कोपेनहेगनमा हुने खेलमा घरेलु टोलीलाई जितले मात्र अघिल्लो […]

67 views

0 Bookmark

एजेन्सी – युरोपेली च्याम्पियनसिपमा आज राति समूह चरणका विभिन्न चार खेलमा प्रतिस्पर्धा हुँदैछ । आज राति समूह ‘सी’ र समूह ‘बी’ मा अन्तिम चरणका खेलहरु हुनेछ ।

समूह ‘बी’ मा रसिया र डेनमार्क तथा फिनल्यान्ड र बेल्जियमबीचको खेल नेपाली समयअनुसार एकै समयमा राति १२:४५ बजे हुनेछ । कोपेनहेगनमा हुने खेलमा घरेलु टोलीलाई जितले मात्र अघिल्लो चरण पुग्न पर्याप्त हुनेछैन । डेनमार्कलाई दोस्रो स्थान हासिल गर्न रसियालाई पराजित गरेर बेल्जियमले फिनल्यान्डलाई हराउनुपर्नेछ । यसमा पनि ३ अंक जोड्ने तीन टोलीको गोलअन्तरले समीकरणमा फरक पर्नेछ ।

दुवै खेलको गोलअन्तरले पनि महत्वपूर्ण भूमिका खेल्नेछ । ‘गर या मर’ को अवस्थामा रहेको डेनमार्क जितको लक्ष्यमा मैदान उत्रनेछ । टोलीसँग मार्टिन ब्रेथवेट, युस्सुफ पाउल्सेन, थोमस डिलाने, सिमोन काइसर, आन्द्रेस क्रिस्टिएन्सन र गोलरक्षक कास्पर स्माइकेल रहेका छन् ।

यता, रसिया घरेलु टोली डेनमार्कलाई हराउँदै अन्तिम १६ मा पुग्नेछ । यदि बराबर भएको खण्डमा भने बेल्जियमले फिनल्यान्डबाट अंक खोस्नुपर्नेछ । टोलीसँग अर्टिन ज्युवा एलेक्सान्डर गोलोभिन, एलेक्सी मिरानचुक, माट्भे साफोनोभ, रोमन जोब्निन र डालेर कुर्जाएभ रहेका छन् ।

यि दुई टोलीको पछिल्लो एक खेलको नतिजामा रसिया २–० ले विजयी भएको छ । यि दुई टोलीले २०१२ मा प्रतिस्पर्धा गरेका थिए ।

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.