default_image

3 years ago

June 22, 2021

क्रुसले खुलाए रोनाल्डोसँगको कुराकानी

एजेन्सी – पोर्चुगलविरुद्ध युरो कपको समूह चरणमा जर्मनीले ४–२ को महत्त्वपूर्ण जित निकालेको थियो । पहिलो खेलमा फ्रान्ससँग पराजित भएपछि जर्मनी पोर्चुगलसँगको खेलमा जित्नै पर्ने दबाबमा थियो । तर, टोलीले आवश्यकता अनुसारकै जित दर्ता गरेको थियो । खेल पछि एउटा दृश्यले भने धेरैको ध्यान तानेको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र जर्मनीका टोली क्रुसबीच […]

47 views

0 Bookmark

एजेन्सी – पोर्चुगलविरुद्ध युरो कपको समूह चरणमा जर्मनीले ४–२ को महत्त्वपूर्ण जित निकालेको थियो । पहिलो खेलमा फ्रान्ससँग पराजित भएपछि जर्मनी पोर्चुगलसँगको खेलमा जित्नै पर्ने दबाबमा थियो । तर, टोलीले आवश्यकता अनुसारकै जित दर्ता गरेको थियो ।

खेल पछि एउटा दृश्यले भने धेरैको ध्यान तानेको थियो । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो र जर्मनीका टोली क्रुसबीच खेलपछिको कुराकानी भएको थियो । जर्मन मिडफिल्डर क्रुसले आफूले इटालीमा के कस्तो भइरहेको विषयमा सोधेको बताएका छन् । क्रुस र रोनाल्डोलाई रियल म्याड्रिडको स्वर्ण युगको टोलीका सदस्यका रुपमा लिइन्छ । अघिल्लो साता मात्र रियलका अर्का महान खेलाडी सर्जियो रामोसले क्लब छाडेका थिए ।

‘मैले उनीसँग ४ सिजनसँगै खेले । हामी ड्रेसिङ रुपमा हुँदा केहि अत्तालिएका जस्ता थियौं । उनलाई फेरि देख्न पाउँदा खुसी लाग्यो,’ रोनाल्डोसँगको भेटपछि क्रुसले भने, ‘हामीले खेलका बारेमा छोटो कुराकानी गर्यौं । त्यस्तै आउने खेलका बारेमा पनि चर्चा भयो । मैले उनलाई शुभकामना पनि दिए । अनि इटालीमा कस्तो भइरहेको छ भनेर पनि सोधें।’

क्रुसले खेल पछि अर्का पूर्व सहकर्मी पोर्चुगलका रक्षक पेपेसँग पछि छोटो कुराकानी गरेका थिए । क्रुस र पेपले पनि रियलमा ३ सिजनसँगै बिताएका थिए । ‘पेपे पनि उत्कृष्ट खेलाडी हुन् । कहिले काही भने उनी मैदानमा निकै आक्रामक देखिन्थे,’ क्रुसले भने, ‘त्यो त्यति राम्रो देखिन्न थियो । तर मैदानमा उनी उत्कृष्ट थिए । जस्तो रोनाल्डो पेपे पनि त्यस्तै हुन् ।’

यो पनि : फ्रान्स र इंग्ल्यान्डसहित ५ टोली नकआउट चरणमा

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्धको एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधवार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप गुआर्डिओलाले […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर अल फयामाथि ३–१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले दुई तथा अब्दुलेह अल एम्रीले एक गोल गरे । अल फयाका फेसन […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.