default_image

3 years ago

June 22, 2021

सावित्रा उपचारका लागि शनिबार कतार जाने

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बा चोट लागेको ५ महिना भन्दा बढी समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार जाने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार शनिबार उनी कतार जानेछिन् । गत वर्ष फागुन ३ गते राष्ट्रिय महिला लिग खेल्ने क्रममा दायाँ घुँडामा […]

62 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय महिला टोली तथा एपिएफकी फरवार्ड सावित्रा भण्डारी सम्बा चोट लागेको ५ महिना भन्दा बढी समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार जाने निश्चित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) का अनुसार शनिबार उनी कतार जानेछिन् ।

गत वर्ष फागुन ३ गते राष्ट्रिय महिला लिग खेल्ने क्रममा दायाँ घुँडामा गम्भिर चोट लागेको थियो । अर्को विभागिय टोली नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा उनी घाइते भएकी थिइन् । पुलिसविरुद्ध खेलको ७९ औं मिनेटमा सम्बाले मैदान छाडेकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो । उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट लागेको थियो ।

विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो । चोट लाग्नुअघि लिगको १० खेलमा साम्बाले ४३ गोल गरेकी थिइन् । सावित्रा लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् । सावित्राको चाहना अनुसारलाई एन्फाले कतारमा उनको उचारको व्यवस्था मिलाएको हो ।

कतार फुटबल संघको सहयोगमा विमल घर्तिमगर र विक्रम लामाको जस्तै सावित्राको शल्यक्रिया हुनेछ । विमल अहिले पनि कतारमै छन् भने विक्रम फर्किसकेका छन् । सावित्राले घुडाँको नियमित फिजियोथेरापी गरिरहेकी छन् । विश्व खेलकुदमै ख्याती प्राप्त कतारस्थित अस्पेटारमा सावित्राको शल्यक्रिया हुनेछ ।

राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी सावित्राको झन्डै ७ वर्षे खेल जीवनमा यति गम्भिर चोट पहिलो पटक हो । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमा परिचित छिन् । उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवै पटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.