default_image

3 years ago

June 23, 2021

मिलानका मिडफिल्डर इन्टरमा अनुबन्धित

एजेन्सी – इटालियन क्लब एसी मिलानका टर्किस मिडफिल्डर हकेन चलहेनोलु शहरी प्रतिद्धन्द्धी इन्टर मिलानमा अनुबन्धित भएका छन् । इन्टरले शहरी प्रतिद्धन्द्धी मिलानका २७ वर्षीय मिडफिल्डरलाई ३ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी २०२४ को सिजनको अन्त्यसम्म इन्टर मिलानमा रहनेछ । इन्टर मिलानको अफिसियल वेभसाइटमा क्लबले हकेनलाई अनुबन्ध गरेको पुष्टि गरेको छ । […]

64 views

0 Bookmark

एजेन्सी – इटालियन क्लब एसी मिलानका टर्किस मिडफिल्डर हकेन चलहेनोलु शहरी प्रतिद्धन्द्धी इन्टर मिलानमा अनुबन्धित भएका छन् ।

इन्टरले शहरी प्रतिद्धन्द्धी मिलानका २७ वर्षीय मिडफिल्डरलाई ३ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । अब उनी २०२४ को सिजनको अन्त्यसम्म इन्टर मिलानमा रहनेछ । इन्टर मिलानको अफिसियल वेभसाइटमा क्लबले हकेनलाई अनुबन्ध गरेको पुष्टि गरेको छ ।

उनको वार्षिक पारिश्रमिक ५ मिलियन पाउन्ड रहेको र यसमा १ मिलियन पाउन्ड बोनससमेत थप हुने उल्लेख छ । इन्टरले यसअघि वार्षिक ४ मिलियन पाउन्डको प्रस्ताव गरेपनि सहमति जुट्न सकेको थिएन । तर त्यसपछि मिलानले उनको पारिश्रमिक बढाउँदै क्लबमा अनुबन्ध गर्न सफल भएको हो ।

आफ्ना अट्याकिङ डेनिस मिडफिल्डर क्रिस्टियन एरिक्सन युरोकप अन्तरगको पहिलो खेलमा नै हृदयघात भएपछि इन्टरले नयाँ मिडफिल्डरको खोजी गरिरहेको थियो । एरिक्सन हाल अस्पतालबाट डिस्चार्ज भएपनि उनले खेल्ने नखेल्ने पक्का भएको छैन ।

हाकेनले मिलानबाट ४ सिजनमा १७२ खेल खेल्दै ३२ गोल गरेका छन् । उनी २०१७–१८ को सिजनमा जर्मन क्लब बायर लिभरकुसेनबाट मिलान आएका थिए । त्यसअघि उनले जर्मनीको दोस्रो श्रेणीको काल्र्सस्रुहेरबाट व्यावसयिक खेल करियर शुरु गरेका थिए । उनले एक सिजन ह्यामवर्गमा पनि बिताएका थिए । उनले टर्कीको राष्ट्रिय टोलीबाट ५९ क्याप जित्दा १३ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

मिलानले भेट्रान फरवार्ड ज्लाटन इब्राहिमोभिचलाई १ वर्षको सम्झौता लम्ब्याइसकेको छ । फिकायो तोमारीलाई स्थायी खेलाडी बनाइसकेको छ । तर मिलानले २२ वर्षीय प्रतिभावान गोलरक्षक जियानलुइगी डोन्नररुम्मालाई सहमतिमा ल्याउन सकेको छैन । उनी फ्रान्सेली क्लब पीएसजी जाने लगभग पक्का भइसकेको छ ।

मिलानले हाकेनलाई गुमाउनु ठुलो घाटा हो । यता, एन्टेनियो कोन्टेले क्लब छाडेपछि इन्टरका नयाँ प्रशिक्षक सिमोन इन्जाघी टोली निर्माणमा जुटेको छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.