default_image

3 years ago

June 24, 2021

फिर्मिनो र क्यासमिरोको गोलमा ब्राजिलको पूनरागमन जित

एजेन्सी – सब्सिच्युट फरवार्ड रोबर्टाे फिर्मिनो र क्यासमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि पुनरागमन जित निकालेको छ । एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्वियामाथि २–१ को पूनरागमन जित निकाल्दै समूहमा लगातार तेस्रो जित निकालेको हो । यो जितसँगै ब्राजिलले आफ्नो अपराजित यात्रालाई १०औं खेलसम्म लम्ब्याएको छ । सन् २०१९ मा […]

56 views

0 Bookmark

एजेन्सी – सब्सिच्युट फरवार्ड रोबर्टाे फिर्मिनो र क्यासमिरोले गोल गरेपछि घरेलु टोली ब्राजिलले कोपा अमेरिका कपमा कोलम्वियामाथि पुनरागमन जित निकालेको छ ।

एक गोलले पछि परेको अवस्थामा ब्राजिलले कोलम्वियामाथि २–१ को पूनरागमन जित निकाल्दै समूहमा लगातार तेस्रो जित निकालेको हो । यो जितसँगै ब्राजिलले आफ्नो अपराजित यात्रालाई १०औं खेलसम्म लम्ब्याएको छ । सन् २०१९ मा भएको मैत्रीपुर्ण खेलमा अर्जेन्टिनासँग १–० ले पराजित भएयता ब्राजिल अपराजित छ । सबै १० खेलमा जित हात पारेको छ ।

रियो दि जेनेरियोस्थित निल्टन सान्तोस स्टेडियममा बिहीबार बिहान भएको खेलमा लुइस डियाजको गोलबाट कोलम्वियाले १–० को अग्रता लिएको थियो । जुआन कोर्डाडोको क्रसमा अनमार्क रहेका लुइस डियासले ओभरहेड किकमा गोल गर्दा ब्राजिलका गोलरक्षक वेभेर्टनले रोक्ने कुनै मौका नै पाएन ।

एक गोलले पछि परेको ब्राजिलले त्यसपछि बल पोसेसन राख्दै कोलम्वियालाई दवावमा राखेपनि गोल गर्न सकेन । २४औं मिनेटमा नेयमारको कर्नरमा रिचार्लीसनको प्रयासलाई ड्यानियल मुनोजले विफल पारे । २५औं मिनेटमा नेयमारको क्रस फितलो बन्दा ब्राजिल बराबरीबाट चुक्यो । ३७औं मिनेटमा रिचार्लीसनले अर्काे अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

४३औं मिनेटमा नेयमारको छोटो कर्नरमा एभर्टन रिवेइरोले दिएको क्रसलाई यारी मिनाले क्लियर गर्दै टोलीको खतरा टारे । दोस्रो हाफमा पनि ब्राजिलले लगातार आक्रमण बुनेपनि गोलको लागि ७८औं मिनेट कुर्नुपरेको थियो । ५६औं मिनेटमा थियागो सिल्भाको पासमा नेयमारको प्रहारलाई डेभिड ओस्पिनाले विफल पारे ।

५८औं मिनेटमा नेयमारको २५ यार्ड टाढाको प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६०औं मिनेटमा रिचार्लीसनको पासलाई गाब्रियल जेसस र रोबर्टाे फिर्मिनोले भेट्न सकेन । ६४औं मिनेटमा डानिलोको हाप भली प्रहार पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा फिर्मिनोको चलाखीपुर्ण पासमा नेयमारको प्रहारले पोस्टको दिशा लिन सकेन ।

७८औं मिनेटमा फिर्मिनोले गोल गर्दै खेललालई १–१ गोलको बराबरीमा ल्याए । नेयमारको क्रस रेफ्रीलाई नस्टर पिटानालाई लाग्दा त्यसमै लुकास पाक्वेटाले दिएको पासमा रेनान लोडीको क्रसमा फिर्मिनोको हेडर गोलरक्षक ओस्पिनाको हातमा लाग्दै गोलमा परिणत भएको थियो । उक्त गोलको मुभमा कोलम्वियाले रेफ्रीसँग असहमति जनाएपनि रेफ्रीले आफ्नो निर्णय परिवर्तन गरेनन् । नेयमारको क्रस रेफ्रीलाई नस्टर पिटानालाई लाग्दा खेल नरोकेको भन्द कोलम्वियाका खेलाडीले असहमति जनाएका थिए ।

फिर्मिनो ४६औं मिनेटमा एभर्टन रिवइरोको स्थानमा मैदान छिरेका थिए । इन्ज्युरी समयको थप गरिएको १०औं मिनेटमा क्यासमिरोले गोल गर्दै ब्राजिललाई २–१ को पूनरागमन जित दिलाए । नेयमारको कर्नरमा अनमार्क रहेका क्यासमिरोले हेडरमार्फत सुन्दर गोल गरेका थिए । यो जितसँगै क्वाटरफाइनलमा स्थान बनाइसकेको ब्राजिल ३ खेलबाट ९ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । कोलम्विया ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

त्यसअघि यही समूहको अर्काे खेलमा इक्वेडर र पेरुले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । इक्वेडरले २–० को अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । २२औं मिनेटमा रेनाटो तापियाको आत्मघाती गोलबाट अघि बढेको इक्वेडरले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इडुआर प्रेसिएडोको गोलबाट अग्रता दोब्बर पारेको थियो ।

दोस्रो हाफको शुरुवातै पेरुले बराबरी गोल फर्काउन सफल भयो । ४९औं मिनेटमा जियानलुका लापाडुलाको गोलबाट खेलमा फर्किएको पेरुले ५४औं मिनेटमा आन्द्रे कारिल्लोको गोलबाट खेललाई २–२ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा सकियो ।

यो बराबरीपछि समूह ‘बी’ मा पेरु ३ खेलबाट ४ अंक जोड्दै तेस्रो स्थानमा रहँदा इक्वेडर ३ खेलबाट २ अंक जोडेर चौथो स्गानमा रहेको छ । समान २ अंक भएपनि भेनेजुएला गोल अन्तरमा पुछारमा छ ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.