default_image

3 years ago

June 24, 2021

नेपालले महिला एसियन कप छनोट आयोजना गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु आयोजना गर्ने भएको छ । एएफसीले विहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् । छनोट अन्तर्गत समूह चरणका खेलहरु सेप्टेम्बर दोस्रो साता सुरु हुनेछ । एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु आयोजना गर्ने भएको छ । एएफसीले विहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् ।

छनोट अन्तर्गत समूह चरणका खेलहरु सेप्टेम्बर दोस्रो साता सुरु हुनेछ । एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज) तोकेको छ । छनोटमा सहभागी हुने टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछ ।

एएफसी एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ २०२२ मा भारतमा हुनेछ । प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन् । यसपटक देखि प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको समूहमा रहेको फिलिपिन्स विश्व वरीयतामा ६८ औं स्थानमा छ । नेपाल १ सय १ औं स्थानमा रहँदा हङकङ ७६ औं स्थानमा छ । नेपालले सबै खेल घरेलु मैदानमा नै खेल्नेछ । एन्फाले दशरथ रंगशालामा नै प्रतियोगिता गराउने प्रबल सम्भावना छ ।

नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५-० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १-० र १९८९ मा ३-० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको थियो ।

यसपटक नेपाली टोलीमा चोटले निकै समस्या दिने देखिएको छ । छनोट सुरु हुन झन्डै साढे २ महिना बाँकी रहँदा एन्फाले तयारी सुरु गरेको छैन । त्यसमाथि पहिलो रोजाइमा खेल्दै आएकी फरवार्ड सावित्रा भण्डारी घुन्दको शल्यक्रिया गर्न कतार जाँदैछिन् । डिफेन्डर हिरा भुजेल र मिडफिल्डर दिपा राई शल्यक्रियापछि रिह्याबमा छन् । कप्तान रेनुका नगरकोटे पनि चोटबाट फिट हुने क्रममा छिन् ।

समूह विभाजन :

समूह ए : चाइनिज ताइपेइ (आयोजक), बहराइन, तुर्कमेनिस्तान, लाओस

समूह बी : भिएतनाम, ताजिकिस्तान (आयोजक), माल्दिभ्स, अफगानीस्तान

समूह सी : उत्तर कोरिया, सिंगापुर, इराक, इन्डोनेसिया (आयोजक)

समूह डी : म्यानमार (आयोजक), यूएई, गुआम, लेबानान

समूह ई : दक्षिण कोरिया, उज्बेकिस्तान (आयोजक), मंगोलिया

समुह एफ : फिलिपिन्स, हङकङ, नेपाल (आयोजक)

समूह जी : जोर्डन, इरान, बंगलादेश (आयोजक)

समूह एच : थाईल्यान्ड, प्यालेस्टाइन, मलेसिया

यो पनि : सावित्रा उपचारका लागि शनिबार कतार जाने

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.