default_image

3 years ago

June 24, 2021

जन्मदिनमा पनि मेस्सीको भविष्य अनिश्चित

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सी बिहीबार ३४ औं वर्षमा प्रवेश गरेका छन् । उनको जन्मोत्सवलाई बार्सिलोनाले खेर जाने कुरै भएन । आफ्नो कप्तानको जन्म दिनमा टोलीले शुभकामना दिएको छ । मेस्सीले आफ्नो खेल जीवनमा गरेको उत्कृष्ट गोलहरुको भिडियो सामाजिक सञ्जालमा राख्दै बार्सिलोनाले मेस्सीलाई जन्म दिनको शुभकामना दिएका छ । जसले क्लब र उनका समर्थकका […]

43 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनल मेस्सी बिहीबार ३४ औं वर्षमा प्रवेश गरेका छन् । उनको जन्मोत्सवलाई बार्सिलोनाले खेर जाने कुरै भएन । आफ्नो कप्तानको जन्म दिनमा टोलीले शुभकामना दिएको छ ।

मेस्सीले आफ्नो खेल जीवनमा गरेको उत्कृष्ट गोलहरुको भिडियो सामाजिक सञ्जालमा राख्दै बार्सिलोनाले मेस्सीलाई जन्म दिनको शुभकामना दिएका छ । जसले क्लब र उनका समर्थकका लागि जोडिने एउटा माध्यम बनेको छ । अहिलेको बार्सिलोनासँग मेस्सीको सम्झौता केहि दिन मात्र बाँकी छ । यस्तोमा टोलीले उनीसँगको सम्झौता नविकरण हुनेमा आशा राखेको छ ।

बार्सिलोनाका अध्यक्ष जोन लापोर्टा मेस्सीको जन्म दिनको दिन आफ्ना कप्तान क्लबमै रहने घोषणा गर्न चाहन्थे । तर अहिले सम्म सम्झौतामा हस्ताक्षर भइनसकेकोले त्यो अवसर भने मिलेन । जुन ३० मा मेस्सीको सम्झौता सकिनुअघि उनी नयाँ सम्झौता चाहन्छन् । जुन ३० पछि भने मेस्सी फ्री एजेन्टमा उपलब्ध हुनेछन् ।

लापोर्टाले व्यक्तिगत रुपमा पनि मेस्सीका एजेन्ट समेत रहेका उनका पिता जोर्गे मेस्सीसँग छलफल गरेका छन् । जसले उनी सम्झौता नविकरण हुनेमा आशावादी छन् । झन्डै २ दशकदेखि क्लबको हिस्सा रहेका मेस्सीले दुई वर्षका लागि सम्झौता नविकरण गर्ने आशा राखेको छ । यद्दपी पेरिस सेन्ट जर्मेनसहित केहि टोलीले उनलाई आकर्षक प्रस्ताव दिइरहेका छन् । यद्दपी त्यसका वावजुद उनी क्लबमै रहनेमा बार्सिलोना विश्वस्त रहेको बताइएको छ ।

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

Success

Thank you for your time.