default_image

3 years ago

June 24, 2021

चिलीलाई शीर्षस्थानमा उक्लने अवसर

एजेन्सी – कोपा अमेरिका कपमा शुक्रबार बिहान दुई खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘ए’ अन्तर्गत बोलिभिया र उरुग्वे तथा चिली र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ । चिली र पाराग्वेबीचको खेल स्टेडियो नासिनोलमा नेपाली समयअनुसार शुक्रबार बिहान ५:४५ बजे हुने छ । पाराग्वेलाई हराउँदै चिली शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । पाराग्वेलाई हराउन सके चिलीले शीर्षस्थानमा अर्जेन्टिनालाई १ अंकले […]

38 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपमा शुक्रबार बिहान दुई खेलमा प्रतिस्पर्धा हुँदा समूह ‘ए’ अन्तर्गत बोलिभिया र उरुग्वे तथा चिली र पाराग्वेबीच प्रतिस्पर्धा हुनेछ ।

चिली र पाराग्वेबीचको खेल स्टेडियो नासिनोलमा नेपाली समयअनुसार शुक्रबार बिहान ५:४५ बजे हुने छ । पाराग्वेलाई हराउँदै चिली शीर्षस्थानमा उक्लने दाउमा हुनेछ । पाराग्वेलाई हराउन सके चिलीले शीर्षस्थानमा अर्जेन्टिनालाई १ अंकले पछि पार्नेछ । तर, चिलीले एक खेल बढी खेल्नेछ ।

चिलीको ३ खेलबाट ५ तथा अर्जेन्टिनाको ७ अंक छ । चिलीसँग बेन ब्रेरेन्टन, इडुआर्डाे भार्गास, सजन मेन्नेस, आर्टुरो भिडाल ग्यारी मेडेल, मौरिसियो इस्ला, गुइलेर्माे मारीपान र गोलरक्षक तथा कप्तान क्लाउडियो ब्राभो रहेका छन् ।

यता, पाराग्वे पनि चिलीलाई हराउदै समूहमा दोस्रो स्थानमा उक्लने लक्ष्यमा हुनेछ । बराबरीको अवस्थामा अंक बराबरी भएपनि हेड टु हेड वा गोलअन्तर गणना हुनेछ । हारले उरुग्वे र बोलिभियाको नतिजा हेर्नुपर्ने हुन्छ । पाराग्वेसँग गाब्रियल एभालोस, एलेसान्द्रो रोमेरो, मिगुइल अल्मिरोन, रोबर्ट पिरिस, जुनियर अलन्सो, गुस्ताभो गोमेज र गोलरक्षक एन्थोनी सिल्भा रहेका छन् ।

यि दुई टोलीबीचको पछिल्लो ८ खेलमा चिलीले ४ खेल आफ्नो पक्षमा पारेको छ । ३ खेल पाराग्वेले जित्दा १ खेल बराबरीमा सकिएको छ । पछिल्लो खेलमा पाराग्वेलाई चिलीलाई २०१७ मा विश्वकप छनोटमा ३–० को हार चखाएको थियो । त्यसअघि पनि पाराग्वेले २०१६ मा २–१ को जित निकालेको थियो । चिलीले २०१५ मै मैत्रीपुर्ण खेलमा ३–२ को जित पाएपछि पछिल्लो दुई खेलमा पाराग्वेलाई हराउन सकेको छैन ।

यो पनि : बोलिभिया र उरुग्वे पहिलो जितको खोजीमा

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.