default_image

3 years ago

June 25, 2021

फिफा वरीयतामा नेपाल शीर्ष १ सयमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतामा एक स्थानमाथि उक्लेको छ । यसअघि अप्रिलको वरीयतामा १ सय एक स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरीयताको शीर्ष एक सयमा प्रवेश गरेको हो । डेढ वर्षयता नेपाली महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेल खेलेको छैन । २०७६ मंसिर मा स्वदेशमा […]

41 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोली फिफा विश्व वरीयतामा एक स्थानमाथि उक्लेको छ । यसअघि अप्रिलको वरीयतामा १ सय एक स्थानमा रहेको नेपाल विश्व फुटबल महासंघ (फिफा) ले शुक्रबार जारी गरेको वरीयताको शीर्ष एक सयमा प्रवेश गरेको हो ।

डेढ वर्षयता नेपाली महिला टोलीले कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिता र मैत्रीपूर्ण खेल खेलेको छैन । २०७६ मंसिर मा स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा महिला टोलीले रजत पदक जितेको थियो । फाइनलमा नेपाली टोली भारतसँग पराजित भएको थियो ।

दक्षिण एसियाली राष्ट्रमध्ये भारत सबैभन्दा माथि ५७ औं स्थानमा रहेको छ । दक्षिण एसियाका अन्य देशमध्ये बंगलादेश १ सय ३७ औं, श्रीलंका १ सय ४३ औं, माल्दिभ्स १ सय ४४ र भुटान १ सय ६१ औं स्थानमा रहेको छ ।

अमेरिका फिफा महिला वरियताको शीर्षस्थानमा छ भने दोस्रो स्थानमा जर्मनी, तेस्रोमा फ्रान्स, चौथोमा नेदरल्यान्ड्स र पाँचौं स्थानमा स्विडेन रहेको छ । मे २७ मा जारी पुरुषतर्फको फिफा वरियतामा भने नेपाल १ सय ७१ औं स्थानमा छ ।

महिला टोलीले भदौमा हुने एएफसी महिला एसियन कप २०२२ को छनोट अन्तर्गत समूह एफ अन्तर्गत खेलहरु नेपालमै आयोजना गर्दैछ । एएफसीले विहीबार सार्वजनिक गरेको समूह विभाजन अनुसार नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् ।

छनोट अन्तर्गत समूह चरणका खेलहरु सेप्टेम्बर दोस्रो साता सुरु हुनेछ । एएफसीले हाललाई छनोटको प्रारम्भिक मिति १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज) तोकेको छ । छनोटमा सहभागी हुने टोलीलाई ८ समूहमा विभाजन गरिएको छ । हरेक समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने प्रतियोगितामा स्थान पक्का गर्नेछ ।

एएफसी एसियन कप जनवरी २० देखि फेब्रुअरी ६ २०२२ मा भारतमा हुनेछ । प्रतियोगिताका लागि साविक विजेता जापान, उपविजेता अष्ट्रेलिया र तेस्रो स्थानको चीनसँगै आयोजक भारतले स्थान पक्का गरिसकेका छन् । यसपटक देखि प्रतियोगितामा १२ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालको समूहमा रहेको फिलिपिन्स विश्व वरीयतामा ६८ औं स्थान र हङकङ ७६ औं स्थानमा छ । नेपालले सबै खेल घरेलु मैदानमा नै खेल्नेछ । एन्फाले दशरथ रंगशालामा नै प्रतियोगिता गराउने प्रबल सम्भावना छ ।

नेपालले सन् १९९९ मा फिलिपिन्ससँग एएफसी महिला च्याम्पियनसिपमा खेल्दा ५-० को हार बेहोरेको थियो । यस्तै हङकङसँग सन् १९८६ मा १-० र १९८९ मा ३-० को हार बेहोरेको थियो । नेपालको एपीएफ महिला टोलीले भने हङकङको राष्ट्रिय टोलीलाई सन् २०१८ मा भएको मैत्रीपूर्ण खेलमा ३-१ ले पराजित गरेको थियो ।

यसपटक नेपाली टोलीमा चोटले निकै समस्या दिने देखिएको छ । छनोट सुरु हुन झन्डै साढे २ महिना बाँकी रहँदा एन्फाले तयारी सुरु गरेको छैन । त्यसमाथि पहिलो रोजाइमा खेल्दै आएकी फरवार्ड सावित्रा भण्डारी घुन्दको शल्यक्रिया गर्न कतार जाँदैछिन् । डिफेन्डर हिरा भुजेल र मिडफिल्डर दिपा राई शल्यक्रियापछि रिह्याबमा छन् । कप्तान रेनुका नगरकोटे पनि चोटबाट फिट हुने क्रममा छिन् ।

समूह विभाजन :

समूह ए : चाइनिज ताइपेइ (आयोजक), बहराइन, तुर्कमेनिस्तान, लाओस

समूह बी : भिएतनाम, ताजिकिस्तान (आयोजक), माल्दिभ्स, अफगानीस्तान

समूह सी : उत्तर कोरिया, सिंगापुर, इराक, इन्डोनेसिया (आयोजक)

समूह डी : म्यानमार (आयोजक), यूएई, गुआम, लेबानान

समूह ई : दक्षिण कोरिया, उज्बेकिस्तान (आयोजक), मंगोलिया

समुह एफ : फिलिपिन्स, हङकङ, नेपाल (आयोजक)

समूह जी : जोर्डन, इरान, बंगलादेश (आयोजक)

समूह एच : थाईल्यान्ड, प्यालेस्टाइन, मलेसिया

यो पनि : सावित्रा उपचारका लागि शनिबार कतार जाने

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.