default_image

3 years ago

June 26, 2021

भाइ एमबाप्पेले पीएसजीमा सम्झौता थपे

एजेन्सी – फ्रान्सेली स्टार किलीयन एमबाप्पेका भाइ इथान एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सम्झौता नविकरण गरेका छन् । दाजु किलीयन एमबाप्पेले पीएसजी छाड्ने चर्चा चलिरहँदा उनका १५ वर्षीय भाई इथान एमबाप्पेले पीएसजीसँग ३ वर्षको सम्झौता नविकरण गरेका हुन् । नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म पीएसजीमा रहनेछन् । भाइ इथानलाई पनि दाजु किलियन एमबाप्पे […]

54 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली स्टार किलीयन एमबाप्पेका भाइ इथान एमबाप्पेले पेरिस सेन्ट जर्मेन (पीएसजी) मा सम्झौता नविकरण गरेका छन् । दाजु किलीयन एमबाप्पेले पीएसजी छाड्ने चर्चा चलिरहँदा उनका १५ वर्षीय भाई इथान एमबाप्पेले पीएसजीसँग ३ वर्षको सम्झौता नविकरण गरेका हुन् ।

नयाँ सम्झौता अनुसार उनी २०२४ सम्म पीएसजीमा रहनेछन् । भाइ इथानलाई पनि दाजु किलियन एमबाप्पे जत्तिकै स्तरमा पुग्न सक्ने आँकलन गरिएको छ । सन् २०१९ मा भएको इन्टरनेसनल च्याम्पियन्स कपमा उनको प्रदर्शनबाट पीएसजी प्रभावित बनेको थियो । इथान एमबाप्पेले सामाजिक सन्जाल इन्स्टाग्राममा पीएसजीसँग निरन्तर रहिरहन पाउँदा गर्व महसुस भएको बताएका छन् ।

यस्तै पीएसजीले अर्काे युवा प्रतिभा सेन्नी मायुलुसँगको पनि सम्झौता नविकरण गरेको छ । इथानले पीएसजीमा आफ्नो भविष्य सुरक्षित गर्दा दाजु किलियन एमबाप्पेको पीएसजीमा भविष्य अझै अनिश्चित बनेको छ । उनले पीएसजी छाड्ने चर्चा छ । उनको नाम लामो समयदेखि स्पेनिस क्लब रियल म्याड्रिडसँग जोडिएको छ ।

किलीयन २०१७ मा मोनाकोबाट लोनमा पीएसजी पुगेका थिए । त्यसपछि उनी स्थायी खेलाडीको रुपमा पीएसजीमा आबद्ध भएका छन् । किलीयनले पीएसजीका लागि १७१ खेलमा १३२ गोल गरिसकेका छन् ।

यो पनि : राष्ट्रिय टोलीमा सँगै खेलेका पाँच नेपाली दाजुभाई

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.