default_image

3 years ago

July 1, 2021

रोनाल्डोको विकल्प बन्न सक्ने ५ खेलाडी

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स बसाई अन्त्यतिर रहेको धेरैको बुझाई छ । तीन सिजन सिरि ए टोलीका पोर्चुगिज सुपर स्टार अब नयाँ यात्रा निस्कने अनुमान गरिएको छ । कोरोना महामारीका कारण क्लबहरुमा आर्थिक भार परिरहेको छ । आर्थिक कारणले पनि युभेन्टसलाई रोनाल्डोलाई राख्न कठिन रहेको अनुमान गरिएको छ । यदि रोनाल्डोले युभेन्टस छाडे भने उनको […]

59 views

0 Bookmark

एजेन्सी – क्रिस्टियानो रोनाल्डोको युभेन्ट्स बसाई अन्त्यतिर रहेको धेरैको बुझाई छ । तीन सिजन सिरि ए टोलीका पोर्चुगिज सुपर स्टार अब नयाँ यात्रा निस्कने अनुमान गरिएको छ ।

कोरोना महामारीका कारण क्लबहरुमा आर्थिक भार परिरहेको छ । आर्थिक कारणले पनि युभेन्टसलाई रोनाल्डोलाई राख्न कठिन रहेको अनुमान गरिएको छ । यदि रोनाल्डोले युभेन्टस छाडे भने उनको विकल्पमा कुन खेलाडी हुन सक्छन् भन्ने विषयमा यहाँ चर्चा गरिएको छ ।

इर्लिङ हालान्ड

रोनाल्डोको बर्हिगमन भएको खण्डमा युभेन्ट्सलाई फरवार्डकै जरुरी पर्दछ । नर्विजियन फरवार्ड हालान्डलाई भित्राउन त्यति सहज छैन । अर्को बुन्डेसलिगा टोली बायर्न म्युनिखको प्रस्तावलाई पनि हालान्डले अस्वीकार गरिसकेका छन् । रियल म्याड्रिड वा प्रिमियर लिग टोली जाने सम्भावनाका साथ उनले बायर्नको प्रस्ताव अस्वीकार गरेको अनुमान गरिएको छ । तर त्यसका वावजुद पनि युभेन्ट्सले उनलाई लिन प्रयास गर्न सम्भावना रहन्छ ।

ह्यारी केन

टोटेनहमका कप्तान केनले उपाधि जित्ने लक्ष्यका साथ आउने सिजन क्लब छाडने चाहेको यसअघि नै चर्चा चलेको थियो । प्रिमियर लिग च्याम्पियन म्यानचेष्टर सिटी उनका लागि सहि गन्तव्य हुने बताइउको छ । इग्ल्यान्ड छाडेर उनी जाने सम्भावना पनि कम छ । युभेन्ट्सकै इतिहास हेर्ने हो भने उपाधि जित्नका लागि कोशिस गर्ने क्लबमा उसको नजरमा केन पनि पर्ने सम्भावना रहेको अनुमान गरिएको छ ।

माउरो इकार्डी

अर्जेन्टिनी खेलाडी युभेन्ट्स जाने पटक पटक चर्चा चलेको थियो । पेरिस सेन्ट जर्मेनबाट पूर्व टोली मिलान वा इन्टर फर्कन भन्दा उनका लागि युभेन्ट्स जान सहज हुन सक्छ । फ्रान्समा उनले अपेक्षा अनुसारको प्रदर्शन गर्न नसकेका कारण पनि उनी सिरि ए फर्कन सक्ने बलियो सम्भावना रहन्छ ।

ग्राबियल जिसस

इटालियन फुटबलमा युभेन्ट्स फेरि पनि दबदबा जमाउन चाहन्छ । त्यसका लागि उसले नयाँ खेलाडी भित्राउन प्रयास अवश्य नै गर्नेछ । त्यसमा म्यानचेष्टर सिटीका फरवार्ड जिसस पनि पर्न सक्छन् । पेप ग्वार्डिओलाको नेतृत्वमा उनले पहिलो रोजाईमा कमै मौका पाएका छन् । फरवार्ड विहिन प्रणाली खेलाउने कारणले पनि जिससले कम मौका पाइरहेका छन् ।

एन्टोइन ग्रिजमन

सर्जियो अगुएरो र मेम्पिस डेपे क्याम्प नोउ पुगेपछि ग्रिजमनलाई बार्सिलोनामा सहज नहुने अनुमान गरिएको छ । अर्को चर्को पारिश्रमिकका कारणले पनि बार्सिलोनाले खर्च घटाउनका लागि ग्रिजमनलाई विक्री गर्न सक्छ । युभेन्ट्सले उनलाई भित्राउन खर्च गर्न सक्छ सक्दैन त्यो भने अर्को प्रसंग रहनेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.