default_image

3 years ago

June 26, 2021

सावित्रा उपचारको लाागि कतार प्रस्थान

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोली तथा विभागीय नेपाल एपिएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ घुँडाको उपचारको लागि शनिबार कतारको दोहा प्रस्थान गरेकी छिन् । चोट लागेको झन्डै पाँच महिना लामो समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार प्रस्थान गरेकी हुन् । उनी शनिबार नेपाल वायुसेवा निगमको जहाजबाट प्रस्थान गरेकी हुन् । अखिल नेपाल […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला टोली तथा विभागीय नेपाल एपिएफकी फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ घुँडाको उपचारको लागि शनिबार कतारको दोहा प्रस्थान गरेकी छिन् ।

चोट लागेको झन्डै पाँच महिना लामो समयपछि घुँडाको शल्यक्रिया र रिह्याबिलिटेसनका लागि कतार प्रस्थान गरेकी हुन् । उनी शनिबार नेपाल वायुसेवा निगमको जहाजबाट प्रस्थान गरेकी हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सावित्रालाई बुधबार नै बिदाई गरेको थियो । सावित्राको चाहनामा एन्फाले कतारमा उनको उचारको व्यवस्था मिलाएको हो ।

कतार फुटबल संघको सहयोगमा पछिल्लो समय विमल घर्तिमगर र विक्रम लामाको जस्तै सावित्राको शल्यक्रिया पनि अब कतारमा हुनेछ । विमल अहिले पनि कतारमै छन् भने विक्रम फर्किसकेका छन् । सावित्राले घुडाँको नियमित फिजियोथेरापी गरिरहेकी छन् । विश्व खेलकुदमै ख्याती प्राप्त कतारको दोहास्थित अस्पेटारमा सावित्राको शल्यक्रिया हुनेछ ।

सावित्राले गतवर्ष ३ फागुनमा राष्ट्रिय महिला लिग खेल्ने क्रममा दायाँ घुँडामा गम्भिर चोट बोकेको थियो । उनले अर्काे विभागीय टोली नेपाल पुलिस क्लबविरुद्धको खेलका क्रममा उनी घाइते भएकी थिइन् । पुलिसविरुद्ध खेलको ७९औं मिनेटमा साम्वाले मैदान छाडेकी थिइन् । साम्बाले गोलको लागि प्रयास गर्दा चोट लागेको थियो ।

उनको दायाँ घुँडाको एन्टेरिएर क्रुसिएट लिगामेन्ट (एसीएल) मा गम्भीर चोट लागेको थियो । विपक्षी गोलकिपर अघि बढेको मौकामा बल चिप गर्ने प्रयासमा ल्यान्डिङका क्रममा उनको घुडाँमा चोट लागेको थियो । चोट लाग्नुअघि लिगको १० खेलमा सावित्राले ४३ गोल गरेकी थिइन् । सावित्रा लिगको उत्कृष्ट फरवार्ड चुनिएकी थिइन् ।

उनले राष्ट्रिय फुटबल टोलीबाट सर्वाधिक ३८ गोल गरेकी छिन् । सावित्रा नेपालको मात्र नभई दक्षिण एसियाकी उत्कृष्ट फरवार्डमा परिचित छिन् । उनले इन्डियन लिग (आई लिग) दुई फरक क्लबबाट खेलेकी छिन् । दुवैपटक उनी खेलेको टोली आइ लिग च्याम्पियन बनेको थियो । गत वर्ष गोकुलमलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेकी उनी आइ लिगको सर्वाधिक गोलकर्ता पनि बनेकी थिइन् ।

उपचारमा व्यस्त हुनुपर्ने भएपछि सावित्राले घरेलु मैदानमा आयोजना १३ देखि २५ सेप्टेम्बर (२८ भाद्रदेखि ९ असोज) मा हुने भनिएको एएफसी महिला एसियन कप २०२२ को छनोट चरणको खेल गुमाउनेछन् । नेपाल समूह ‘एफ’ मा रहेको छ । नेपालसँगै हङकङ र फिलिपिन्स एकै समूहमा रहेका छन् ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.