default_image

3 years ago

July 1, 2021

फाती पुनरागमनको क्रममा

एजेन्सी – बार्सिलोनाका युवा स्टार अन्सु फातीले झन्डै दुई महिना अघि पोर्टोमा घुँडाको शल्यक्रिया गराएका थिए । त्यसयता उनको घुँडामा निकै सुधार आएको बताइएको छ । नोभेम्बरमा ला लिगाका दौरान उनको घुँडामा चोट लागेको थियो । १८ वर्षे युवा अहिले म्याड्रिडमा फिजियोथेरापिष्टसँग उपचार गराइरहेका छन् । त्योसँगै बार्सिलोनाको मेडिकल टोलीसँग पनि उनी नियमित सम्पर्कमा छन् […]

37 views

0 Bookmark

एजेन्सी – बार्सिलोनाका युवा स्टार अन्सु फातीले झन्डै दुई महिना अघि पोर्टोमा घुँडाको शल्यक्रिया गराएका थिए । त्यसयता उनको घुँडामा निकै सुधार आएको बताइएको छ । नोभेम्बरमा ला लिगाका दौरान उनको घुँडामा चोट लागेको थियो ।

१८ वर्षे युवा अहिले म्याड्रिडमा फिजियोथेरापिष्टसँग उपचार गराइरहेका छन् । त्योसँगै बार्सिलोनाको मेडिकल टोलीसँग पनि उनी नियमित सम्पर्कमा छन् । पछिल्लो रिपोर्टका आधारमा प्रि सिजनका लागि उनी विस्तारै अभ्यासमा फर्कने सम्भावना रहेको छ । यद्दपी आउने दिनमा उनका डाक्टरले त्यसको अन्तिम निर्णय लिने बताइएको छ ।

चोटका कारण अघिल्लो सिजन निराशाजनक रहेको युवा प्रतिभाका लागि यो सिजन भने केहि सुखद हुने देखिएको छ । उनको चोटमुक्त हुने क्रममा भने ढिलाई भइरहेको छ । तथापी सबै योजना मुताविक नै अघि बढिरहेको बताइएको छ । उनले बार्सिलोनासँग नयाँ सम्झौता भने गरेका छैनन् । तर पनि बार्सिलोनाको योजनामा उनी रहेका छन् ।

कम उमेरमै फातीले टोलीका धेरै कीर्तिमान बनाएका थिए । बार्सिलोनाका लागि च्याम्पियन्स लिगमा डेब्यू गर्ने सबैभन्दा कम उमेरका उनी ला लिगामा टोलीका लागि गोल गर्ने सबैभन्दा युवा खेलाडी हुन् । त्यस्तै क्याम्प नोउमा खेल्ने उनी अहिले सम्मकै सबैभन्दा कान्छा खेलाडी पनि हुन् ।

फातीले यसपटक स्पेनको टोलीबाट युरो पनि खेल्ने अपेक्षा गरिएको थियो । तर चोटले त्यो सम्भावनामा पूर्णविराम लाग्यो । बार्साकै युवा खेलाडी पेड्रीले उच्च प्रदर्शन गरिरहँदा फाती विश्वकपमा भने खेल्ने सोचाा हुनेछन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.