default_image

3 years ago

June 27, 2021

एन्सेलोटीले प्रशिक्षण सम्हाल्दा सबै खेलाडी उपस्थित नहुने

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले जुलाई ५ बाट टोलीको प्रि सिजन सुरु गर्ने भएका छन् । तर त्यो बेलामा उनका धेरै खेलाडी भने टोलीमा हुने छैनन् । उपलब्ध केहि खेलाडीलाई लिएर उनले प्रशिक्षण सुरु गर्नेछन् । अन्तर्राष्ट्रिय प्रतियोगिता र ओलम्पिकका कारण रियलका पहिलो रोजाईका धेरै खेलाडी त्यसमै व्यस्त रहेका छन् । त्यसैले पनि […]

77 views

0 Bookmark

एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले जुलाई ५ बाट टोलीको प्रि सिजन सुरु गर्ने भएका छन् । तर त्यो बेलामा उनका धेरै खेलाडी भने टोलीमा हुने छैनन् । उपलब्ध केहि खेलाडीलाई लिएर उनले प्रशिक्षण सुरु गर्नेछन् ।

अन्तर्राष्ट्रिय प्रतियोगिता र ओलम्पिकका कारण रियलका पहिलो रोजाईका धेरै खेलाडी त्यसमै व्यस्त रहेका छन् । त्यसैले पनि उनको प्रशिक्षण सुरु हुँदा टोलीका थोरै खेलाडीमात्रै साथमा रहनेछन् । रियलका ८ खेलाडी युरो कपमा, ५ खेलाडी कोपा अमेरिकामा व्यस्त छन् ।

यस्तै ५ खेलाडी जापानमा आयोजना हुने टोकियो ओलम्पिकका लागि स्पेनिस टोलीको प्रारम्भिक सुचीमा छन् । प्रारम्भिक सुचीमा रहनेमा मार्को एसेन्सियो, डानि सेबालोस, ब्राहिम डियाज, जेसस भालेहो र बोर्जा मायोराल छन् । बोर्जा भने अर्को एक सिजन लोनमा रोमामै रहने भएका छन् । त्यस्तै टाके कुबो पनि जापानका लागि ओलम्पिक टोलीमा रहेका छन् ।

युरो कप र कोपा अमेरिकामा सहभागी रहेका करिम बेन्जेमा, राफल भारेन, थिबाओट कोर्टुवा, इडन हाजार्ड, टोनी क्रुस, लुका मोड्रिच, ग्यारेथ बेल, डेभिड अल्बा, कासिमेरो , इडेर मिलिटो, भिनिसियस जुनियर र फेडे भाल्भार्डेलाई प्रतियोगिता सकिएको २० देखि २५ दिन बिदा दिने सम्भावना रहेको छ ।

कोपा र युरो दुवै जुलाई ११ मा सम्पन्न हुनेछन् । फाइनल पुग्ने टोलीका खेलाडीले अगष्टको पहिलो सातामा मात्रै टोलीमा आबद्ध हुनेछन् । सर्जियो रामोसले मात्र अहिले सम्म यो सिजनका लागि टोली छाडेका छन् ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.