default_image

3 years ago

June 27, 2021

वेल्सको बहिर्गमनमा बेलको निराशा

एजेन्सी – युरो कपबाट बाहिरिएपछि वेल्सका कप्तान ग्यारेथ बेलले आफ्नो भविष्यका बारेमा बताउन चाहेनन् । रियल म्याड्रिडका फरवार्डलाई भविष्यका बारेमा सोधिएको प्रश्नमा उनी मौन रहे । बेलको कप्तानीमा रहेको वेल्सको यसपटक युरो कपको यात्रा अन्तिम १६ मा टुंगियो । डेनमार्कसँग ४–० ले पराजित हुँदै वेल्सको यात्रा टुंगिको हो । यसपटकको युरो कप उनको अन्तर्राष्ट्रिय खेल […]

45 views

0 Bookmark

एजेन्सी – युरो कपबाट बाहिरिएपछि वेल्सका कप्तान ग्यारेथ बेलले आफ्नो भविष्यका बारेमा बताउन चाहेनन् । रियल म्याड्रिडका फरवार्डलाई भविष्यका बारेमा सोधिएको प्रश्नमा उनी मौन रहे ।

बेलको कप्तानीमा रहेको वेल्सको यसपटक युरो कपको यात्रा अन्तिम १६ मा टुंगियो । डेनमार्कसँग ४–० ले पराजित हुँदै वेल्सको यात्रा टुंगिको हो । यसपटकको युरो कप उनको अन्तर्राष्ट्रिय खेल जीवनको अन्तिम हुने अडकलबाजी पनि भएका थिए । उनले देशका लागि ९६ खेल खेलिसकेका छन् ।

बेलको अन्तर्राष्ट्रिय खेल जीवन

वेल्सबाट उनले सन् २००६ मा डेब्यू गरेका थिए । २०१३ मा विश्व का सबैभन्दा महंगा खेलाडकिा रुपमा बेल टोटेनहमबाट रियल पुगेका थिए । अब देशका लागि एक सय खेल संख्या पुग्नबाट अब ४ खेल मात्र बाँकी छ । तर त्यो कोसेढुंगा पार गर्छन् गर्दैनन् भन्ने अनेक शंका उठेका छन् ।

१८ महिनापछि फुटबलको अर्को महत्वपूर्ण प्रतियोगिता विश्व कप कतारमा आयोजना हुँदैछ । ३१ वर्षे बेलले त्यो विश्व कप सम्म खेल्ने सम्भावना पनि छ । तर त्यसका लागि टोलीले छनोट हुने पर्नेछ । अब २ खेलबाट ३ अंक जोड्न सके वेल्सले विश्व कप खेल्नेछ ।

बेलले देशका लागि ३३ गोल गरेका छन् । अन्य कुनै पनि खेलाडीले त्यति गोल गरेका छैनन् । उनी सम्मलित टोली युरोको अघिल्लो संस्करणमा सेमिफाइनलमा पुगेको थियो । तर यसपटक भने टोली अन्तिम १६ बाट नै बाहिरिएको छ ।

डेनमार्कसँगको हारमा बेलले के भने

वेल्सले १० खेलाडीमा सिमित हुँदै डेनमार्कविरुद्धको खेलको अन्त्य गरेको थियो । ह्यारी विल्सनले रातो कार्डको सामना गरेका थिए । ‘हामीले चाहे जस्तो खेल हुन सकेन । सुरुवात राम्रै भएको थियो । तर पछि खेल परिवर्तन भयो । दोस्रो हाफमा हामीले कोशिस गरेका थियौं’, उनले भने’, तर केहि गल्ति भए जसले गर्दा हामी खेलमा फर्कन सकेनन् ।’

बेलले अन्त्यमा भने, ‘हामी निराशजनक रुपमा बाहिरिएका छौं । खेलाडीहरु दिग्दार भएका छन्, रिसाएका छन् । त्यो बुझ्न सकिन्छ । हामीले मौका गुमायौं । तर हामीले जति गर्नुपर्ने हो त्यति सकेनौं । तथापी मलाई टोलीमा गर्व छ ।’

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.