default_image

3 years ago

June 28, 2021

बार्सिलोनामा ग्रिजमनको अनिश्चित भविष्य

एजेन्सी – युरो कपमा उच्च प्रदर्शन गर्नेमा फ्रान्सेली एन्टोइन ग्रिजमन पनि पर्दछन् । बार्सिलोनामा परेको आर्थिक संकटका कारण क्लबमा उनको भविष्यलाई लिएर चर्चा सुरु भइराख्दा ग्रिजमनले युरो कपमा एकरुपताको प्रदर्शन गरिरहेका छन् । फ्रान्स टोलीबाट जर्मनी, हंगेरी र पोर्चुगलविरुद्ध उत्रेका ग्रिजमनले २ सय ६७ मिनेट मैदानमा बिताइसकेका छन् । जसमा ५ सट प्रहार गरेका उनले […]

62 views

0 Bookmark

एजेन्सी – युरो कपमा उच्च प्रदर्शन गर्नेमा फ्रान्सेली एन्टोइन ग्रिजमन पनि पर्दछन् । बार्सिलोनामा परेको आर्थिक संकटका कारण क्लबमा उनको भविष्यलाई लिएर चर्चा सुरु भइराख्दा ग्रिजमनले युरो कपमा एकरुपताको प्रदर्शन गरिरहेका छन् ।

फ्रान्स टोलीबाट जर्मनी, हंगेरी र पोर्चुगलविरुद्ध उत्रेका ग्रिजमनले २ सय ६७ मिनेट मैदानमा बिताइसकेका छन् । जसमा ५ सट प्रहार गरेका उनले १ गोल गरेका छन् भने उनको ८५ प्रतिशत पास पूरा भएका छन् । ला लिगा खेल्ने कम खेलाडीले युरो कपमा गोल गर्दा त्यसमा ग्रिजमन छन् ।

रोनाल्ड कोम्यानको नेतृत्वमा गत सिजन बार्सिलोनामा खेल्ने मध्ये युरोमा सर्वाधिक समय खेल्ने मध्ये ग्रिजमन तेस्रोमा पर्दछन् । बार्सिलोनाका लागि गत सिजन सर्वाधिक गोल गर्ने सुचीमा लिओनल मेस्सी पछि उनी दोस्रो नम्बरमा छन् । ग्रिजमनले १२ गोलमा एसिस्ट गरेका थिए ।

अहिलेको अवस्थामा बार्सिलोनालाई पैसाको आवश्यकता छ । त्यसका लागि ग्रिजमनलाई विक्री गर्नु टोलीका लागि एउटा राम्रो विकल्प हुन सक्दछ । चर्को पारिश्रमिकका वावजुद उनको प्रदर्शनबाट भने टोली खुसी छ । ग्रिजमनको बर्हिगमनले पनि टोलीको फरवार्ड लाइनमा भने समस्या नपर्ने देखिन्छ । सर्जियो अगुएरो र मेम्फिस डिपाए फ्री ट्रान्सफरमा आउनुले बार्सिलोनाको आक्रमण मजबुत भएको छ ।

त्यसैले पनि टोलीले उनलाई ठूलो रकममा बेच्न प्रयास गर्ने सम्भावना पनि छ । तर त्यसका लागि प्रस्ताव कसरी आउँछ भन्ने हो । दुई सिजन अघि बार्सिलोनाले १ सय २० मिलियन युरोमा उनलाई भित्राएको थियो । अहिले उनी पनि क्याम्प नोउमा खुसी रहेको बताइन्छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.