default_image

3 years ago

June 28, 2021

समर्थकको नजरमा किरण उत्कृष्ट गोलकिपर

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङले व्यवसायिक खेल जीवनमा एक पछि अर्को सफलता प्राप्त गरिरहेका छन् । ५ वर्षयता विदेशमा लिग खेल्दै आएका किरणले गत सिजन भारतीय लिग अर्थात आई लिग खेलेका थिए । लिगकै उत्कृष्ट गोलकिपर समेत चुनिएका किरण फ्यानको नजरमा पनि उत्कृष्ट चुनिएका छन् । उनले २०२०/२१ सिजनको […]

58 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम् गोलकिपर किरण चेम्जोङले व्यवसायिक खेल जीवनमा एक पछि अर्को सफलता प्राप्त गरिरहेका छन् । ५ वर्षयता विदेशमा लिग खेल्दै आएका किरणले गत सिजन भारतीय लिग अर्थात आई लिग खेलेका थिए ।

लिगकै उत्कृष्ट गोलकिपर समेत चुनिएका किरण फ्यानको नजरमा पनि उत्कृष्ट चुनिएका छन् । उनले २०२०/२१ सिजनको फ्यान्स गोलकिपर अफ दि सिजन अवार्ड प्राप्त गर्ने सोमबार घोषणा भएको छ। । राउन्डग्लास पञ्जाब एफसीबाट खेलेका किरणले खेलेका १४ मध्ये ७ खेलमा क्लिन सिट राखेका थिए । त्यस्तै उनले सबै खेलमा गरि ५६ वटा प्रहार जोगाएका थिए । उनले ८२ प्रतिशत बल जोगाएका थिए ।

समर्थकको नजरमा आई लिगको उत्कृष्ट गोलकिपर चुनिएपछि किरणले सामाजिक सञ्जालमार्फत आफूलाई समर्थन गर्ने सबैलाई धन्यवाद दिएका छन् । समर्थक विना आफ्नो यात्रा शून्य रहने उल्लेख गर्दै किरणले आफू सधै समर्थकको साथले सफल भएको जनाएका छन् ।

किरण नेपाल, भारत र माल्दिभ्स तीन देशकै लिग च्याम्पियन बनिसकेका छन् । लामो समय थ्री स्टारबाट खेलेका किरणले त्यसपछि माल्दिभ्स र पछिल्लो दुई वर्षदेखि आई लिगमा खेल्दै आएका छन् । जेठ १ गते सम्पन्न देशको पहिलो फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) उनले धनगढी एफसीबाट खेलेका थिए । धनगढी दोस्रो भएको एनएसएलमा किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

उनको कप्तानीमा हालै मात्र नेपाली टोलीले विश्व कप र एसियन कप छनोटको ३ खेल खेलेका फर्केको थियो । कुवेतमा भएको ३ खेलमध्ये चाइनिज ताइपेलाई २– ० ले हराएको भ्रमणमा नेपाली टोली बाँकी दुई खेलमा जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो । कुवेत जानुअघि नेपालले इराकविरुद्ध खेलेको मैत्रीपूर्ण खेल ६–२ ले गुमाएको थियो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.