default_image

3 years ago

June 30, 2021

रामोस पिएसजी जाने तयारी

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोसलाई भित्राउने प्रयासमा जुटेको छ । रियलसँगको उनको सम्झौता औपचारिक रुपमा बुधबार (जुन ३०) बाट समाप्ती हुँदैछ । त्यो सम्झौताबाट मुक्त भएसँगै पिएसजी उनलाई लिने तयारीमा देखिन्छ । रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले रामोसलाई एक वर्षको सम्झौता नविकरणका लागि प्रस्ताव गरेपनि उनले त्यसलाई […]

55 views

0 Bookmark

एजेन्सी – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) रियल म्याड्रिडका पूर्व कप्तान सर्जियो रामोसलाई भित्राउने प्रयासमा जुटेको छ । रियलसँगको उनको सम्झौता औपचारिक रुपमा बुधबार (जुन ३०) बाट समाप्ती हुँदैछ । त्यो सम्झौताबाट मुक्त भएसँगै पिएसजी उनलाई लिने तयारीमा देखिन्छ ।

रियलका अध्यक्ष फ्लोरिन्टिनो पेरेजले रामोसलाई एक वर्षको सम्झौता नविकरणका लागि प्रस्ताव गरेपनि उनले त्यसलाई अस्वीकार गरेको यसअघि नै प्रष्ट पारिसकेका छन् । रामोस कम्तीमा दुई वर्षको सम्झौता चाहन्थे ।

सञ्चारमाध्यमका अनुसार रामोस र पिएसजीका प्रतिनिधिबीच पछिल्लो केहि दिनमा छलफल चलिरहेको र सम्झौताबाट उनीहरु टाढा नरहेको जनाएको छ । यद्दपी रामोस पिएसजीसँग पनि दुई वर्षकै सम्झौता चाहिरहेको बताइएको छ ।

पिएसजीले पनि सुरुवाती रुपमा ३५ वर्षे सेन्ट्रल डिफेन्डरसलाई एक वर्षकै सम्झौता गर्न चाहिर रहेको छ । तर रामोस भने कम्तीमा एउटा क्लबमा दुई सिजन बिताउन चाहन्छन् । रामोसलाई भित्राउन पिएसजीबाहेक अन्य दुई क्लब पनि इच्छुक रहेको बताइएको छ ।

पिएसजी र रामोसबीच एक वर्षको सम्झौता हुने र दोस्रो विकल्पका रुपमा अर्को सिजन पनि रहन सक्ने उल्लेख हुने अनुमान गरिएको छ । आर्थिक पाटो भने सम्झौताको बाधक नरहेको जनाएको छ ।

पिएसजीका स्पोर्टिङ डाइरेक्टर लियोनार्दो रामोसलाई ल्याउनेमा दृढ देखिएका छन् । तर रामोस पिएसजीमा आबद्ध भएपनि नियमित पहिलो रोजाईमा पर्नेमा भने निश्चित हुने छैन । माउरिसियो पोचेटिनोको टोलीमा प्रेनल किम्पेम्बा र मार्किन्हस टोलीको पहिलो रोजाईका डिफेन्डर हुन् ।

बुधबारबाट औपचारिक रुपमा रामोस सम्झौता मुक्त हुने भएपछि रियलले उनलाई जुन १७ मै विदाई गरेको थियो । त्यसपछि रामोसको भविष्यलाई लिएर अनेक अडकलबाजी सुरु भएका थिए । तर अब उनी पिएसजीको जर्सीमा देखिने सम्भावना बढेर गएको छ ।

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

Success

Thank you for your time.