default_image

3 years ago

July 1, 2021

राष्ट्रिय टोलीको प्रशिक्षण स्थगित

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपको लागि विहीबारबाट सुरु गर्ने भनिएको तयारी एक साताको लागि स्थगित भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षण सुरु हुनुभन्दा एक घण्टा अघि मात्र सामाजिक संजालमा सूचना जारी गर्दै प्रशिक्षण स्थगित भएको जनाएको छ । प्राविधिक कारणले प्रशिक्षण स्थगित भएको एन्फाले जनाएको छ । […]

37 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय फुटबल टोलीले साफ च्याम्पियनसिपको लागि विहीबारबाट सुरु गर्ने भनिएको तयारी एक साताको लागि स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रशिक्षण सुरु हुनुभन्दा एक घण्टा अघि मात्र सामाजिक संजालमा सूचना जारी गर्दै प्रशिक्षण स्थगित भएको जनाएको छ । प्राविधिक कारणले प्रशिक्षण स्थगित भएको एन्फाले जनाएको छ । उपत्यका बाहिरबाट पनि खेलाडी आउनु पर्ने र निरन्तर वर्षाका कारण यातायात समस्या भएकाले प्रशिक्षण स्थगित गरिएको बुझिएको छ । अब प्रशिक्षण बुधबारबाट सुरु गर्ने एन्फाको तयारी छ ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साता अघि नै विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केहि खेलाडी थप्दै टोली घोषणा गरेका थिए । उनले खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा प्रशिक्षण गर्ने बताएका थिए । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम रहेको छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा नै सार्वजनिक हुने बुझिएको छ ।

यसपटक टोलीमा ६ गोलरक्षक रहेका छन् । गोलरक्षक विकेश कुथु र विशाल श्रेष्ठ टोलीमा पुनरागमन गर्दा अर्पण कार्की पनि प्रारम्भिक टोलीमा समेटिएका छन् । विश्वकप छनोटका लागि टोलीमा रहेका किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की नियमित छन् ।

प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिगको प्रदर्शनलाई नै आधार मान्दै खेलाडी थप गरेका हुन् । युवा डिफेन्डर रन्दीप पौडेल र निरज बस्नेतसँगै मिडफिल्डर डोना थापा, गौरव बुढाथोकी, राजन गुरुङ, प्रेजेन तामाङ, राजीव लोप्चन र सुदिल राइ पहिलो पटक सिनियर टोलीको क्याम्पमा परेका छन् । विंगर प्रकाश बुढाथोकीले झन्डै ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गर्ने अवसर पाएका छन् । डिफेन्डर विकास खवास विश्वकप छनोटका दौरान चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ ।

एनएसएलमा चोटका कारण पछिल्लो पटक टोलीमा नपरेका त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की लगायत खेलाडी पनि टोलीमा छन् । यस्तै सुजल श्रेष्ठले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । कतारमा उपचार गरेर फर्केपछि प्रशिक्षक अलमुताइरीसँग नै केहि समय बिताएका मिडफिल्डर विक्रम लामाको नाम भने प्रारम्भिक सुचिमा छैन ।

५० सदस्यीय प्रारम्भिक टोली :

किरण चेम्जोङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल. अमित तामाङ, अन्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राइ, दर्शन गुरुङ, दीनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रेजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राइ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.