default_image

3 years ago

July 1, 2021

फुटबलका ११ खेलाडीसहित १९ जनालाई कोरोना संक्रमण

काठमाडौं (हाम्रो खेलकुद)– प्राविधिक कारण नभई खेलाडी र पदाधिकारी गरी १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बिहीबारबाट सुरु गर्ने तय भएको राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको बुझिएको छ । ११ खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का २ पदाधिकारी र एन्फा स्टाफ गरी १९ जनामा कोभिड संक्रमण देखिएको बताइएको छ । एन्फाले […]

63 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– प्राविधिक कारण नभई खेलाडी र पदाधिकारी गरी १९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बिहीबारबाट सुरु गर्ने तय भएको राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण स्थगित भएको बुझिएको छ ।

११ खेलाडी, अखिल नेपाल फुटबल संघ (एन्फा) का २ पदाधिकारी र एन्फा स्टाफ गरी १९ जनामा कोभिड संक्रमण देखिएको बताइएको छ । एन्फाले बिहीबार बिहान प्राविधिक कारण देखाउँदै प्रशिक्षण स्थागित गरिएको सामाजिक सञ्जालमार्फत जानकारी दिएको थियो । अब एक साता पछिबाट मात्र प्रशिक्षण सुरु गर्ने एन्फाले जनाएको छ ।

संक्रमित खेलाडी सबैको स्वास्थ अवस्था सामान्य रहेको बुझिएको छ । संक्रमित मध्ये दुई जना खेलाडी एन्फामा र बाँकी होम आइसोलेनसमा रहेको बताइएको छ । विश्व कप र एसियन कप छनोट खेलेर कुवेतबाट फर्केका सबै खेलाडीले कोरोनाको पहिलो खोप पनि लगाएका थिए ।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दुई साता अघि नै विश्वकप तथा एसियन कप छनोटको दोस्रो चरणमा बोलाइएका ३२ खेलाडीमा केहि खेलाडी थप्दै टोली घोषणा गरेका थिए । उनले खेलाडीलाई दुई समूहमा विभाजन गरेर दुई सेसनमा प्रशिक्षण गर्ने बताएका थिए । साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने कार्यक्रम रहेको छ । प्रतियोगिताको अन्तिम मिति र खेल तालिका केहि दिनमा नै सार्वजनिक हुने बुझिएको छ ।

यसपटक टोलीमा ६ गोलरक्षक रहेका छन् । गोलरक्षक विकेश कुथु र विशाल श्रेष्ठ टोलीमा पुनरागमन गर्दा अर्पण कार्की पनि प्रारम्भिक टोलीमा समेटिएका छन् । विश्वकप छनोटका लागि टोलीमा रहेका किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की नियमित छन् ।

प्रशिक्षक अलमुताइरीले नेपाल सुपर लिगको प्रदर्शनलाई नै आधार मान्दै खेलाडी थप गरेका हुन् । युवा डिफेन्डर रन्दीप पौडेल र निरज बस्नेतसँगै मिडफिल्डर डोना थापा, गौरव बुढाथोकी, राजन गुरुङ, प्रेजेन तामाङ, राजीव लोप्चन र सुदिल राइ पहिलो पटक सिनियर टोलीको क्याम्पमा परेका छन् । विंगर प्रकाश बुढाथोकीले झन्डै ४ वर्षपछि सिनियर टोलीमा पुनरागमन गर्ने अवसर पाएका छन् । डिफेन्डर विकास खवास विश्वकप छनोटका दौरान चोट बोकेपछि शल्यक्रिया गर्नुपर्ने भएको छ ।

एनएसएलमा चोटका कारण पछिल्लो पटक टोलीमा नपरेका त्रिदेव गुरुङ, तेज तामाङ, जर्ज प्रिन्स कार्की लगायत खेलाडी पनि टोलीमा छन् । यस्तै सुजल श्रेष्ठले पनि प्रारम्भिक टोलीमा स्थान बनाएका छन् । कतारमा उपचार गरेर फर्केपछि प्रशिक्षक अलमुताइरीसँग नै केहि समय बिताएका मिडफिल्डर विक्रम लामाको नाम भने प्रारम्भिक सुचिमा छैन ।

५० सदस्यीय प्रारम्भिक टोली

किरण चेम्जोङ, अर्पण कार्की, विकेश कुथु, विशाल श्रेष्ठ, विशाल सुनार, दीप कार्की, आशिष लामा, अभिषेक रिजाल. अमित तामाङ, अन्जन विष्ट, अनन्त तामाङ, एरिक विष्ट, आयुष घलान, भरत खवास, विवेक बस्नेत, विशाल राइ, दर्शन गुरुङ, दीनेश राजवंशी, डोना थापा, गौरव बुढाथोकी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, मिक्छेन तामाङ, नवयुग श्रेष्ठ, निरज बस्नेत, निशान खड्का, नितिन थापा, प्रकाश बुढाथोकी, प्रेजेन तामाङ, पुजन उपरकोटी, राजन गुरुङ, रजिन धिमाल, राजीव लोप्चन, रन्दीप पौडेल, रवी पासवान, रोहित चन्द, सन्जोग राई, सन्तोष तामाङ, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, सुदिल राइ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.