default_image

3 years ago

July 4, 2021

मेस्सीले सम्झौता नगर्नुका ५ कारण

एजेन्सी – विश्व फुटबलका सुपर स्टारमध्ये एक लियोनल मेस्सी अहिले क्लब विहिन छन् । जुन ३० मा बार्सिलोनासँगको सम्झौता सकिएसँगै उनी क्लब विहिन भएका हुन् । यद्दपी उनीसँग नयाँ सम्झौताका लागि बार्सिलोना आशावादी छ । मेस्सी अहिले ब्राजिलमा जारी कोपा अमेरिकामा अर्जेन्टिनी टोलीको कप्तानी गरिरहेका छन् । मेस्सीले सम्झौता सकिनुअघि नै नविकरण नगर्नुमा मुख्यत आर्थिक […]

37 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलका सुपर स्टारमध्ये एक लियोनल मेस्सी अहिले क्लब विहिन छन् । जुन ३० मा बार्सिलोनासँगको सम्झौता सकिएसँगै उनी क्लब विहिन भएका हुन् । यद्दपी उनीसँग नयाँ सम्झौताका लागि बार्सिलोना आशावादी छ ।

मेस्सी अहिले ब्राजिलमा जारी कोपा अमेरिकामा अर्जेन्टिनी टोलीको कप्तानी गरिरहेका छन् । मेस्सीले सम्झौता सकिनुअघि नै नविकरण नगर्नुमा मुख्यत आर्थिक कारण नै रहेको हुन सक्ने अनुमान गरिएको छ । फाइनान्सियल फेयर प्ले नै उनको नयाँ सम्झौता नहुनेको प्रमुख कारण मानिएको छ । तर त्यति मात्र होइन तत्काल सम्झौता नहुनुमा अन्य कारण पनि रहेका छन् ।

बार्सिलोनाले खर्च घटाउनका लागि खेलाडीहरुको पारिश्रमिकमा कटौती गरेको छ । त्यसमा मेस्सीको पनि समायोजन गर्नुपर्ने हुन्छ । मेस्सी पारिश्रमिक घटाउनका लागि भने तयार रहेको बताइएको छ ।

आर्थिक योजना र करमा प्रष्ट

मेस्सी करका विषयमा प्रष्टता चाहन्छन् । त्यसैले क्लबसँग उनी यो विषयमा विश्वसनीय आधार खोजिरहेका छन् । उनले पाउनु पर्ने धेरै रकम क्लबले दिइसकेको छैन । अझै त्यो बाँकी रकम भुक्तानीका लागि समय लाग्ने बताइएको छ । बार्सिलोनासँग नयाँ सम्झौता गरेपनि त्यसको दुई वर्षपछि उनी अमेरिका जान सक्छन् ।

स्पेन छोडेपछि उनले पाउने पैसाको कर कहाँ तिर्ने भन्ने पक्षलाई समस्याका रुपमा हेरिएको छ । स्पेनमा आम्दानी गरेको रकमको कर अनिवार्य रुपमा उनले तिर्नुपर्ने हुन्छ । कुनै पनि खेलाडीले स्पेनबाट बाहिर जानुअघि कर चुक्ता गरेकै हुनुपर्दछ ।

भुक्तानीको शर्त

अहिले बार्सिलोनासँग आर्थिक अभाव रहेको बताइएका छ । त्यसैले उनीहरु खर्च कम गर्नका लागि खेलाडीको पारिश्रमिक घटाइरहेका छन् । पारिश्रमिक घटानउनका लागि तयार भएपनि कसरी भुक्तानी पाइने छ भन्नेमा मेस्सी स्पष्टता चाहन्छन् । त्यसैले सम्झौतामा उनले ढिलाई गरिरहेको हुन सक्ने बताइएको छ ।

क्लबको ग्यारेन्टी

कोरोना महामारीका कारण युरोपका अधिकांश क्लबको आम्दानीमा ठूलो असर परेको छ । गत वर्ष युरोपियन लिगहरु विना दर्शक सञ्चालन भएका थिए । कोरोनाको नयाँ लहरको असर नयाँ सिजनमा पनि पर्ने अनुमान गरिएको छ । त्यो अवस्थामा नयाँ सम्झौता पछि कसरी पारिश्रमिक भुक्तानी गरिनेछ त्यसमा मेस्सी ढुक्क हुन खोजिरहेका छन् । मेस्सीले कसरी पारिश्रमिक भुक्तानी दिइने छ भन्नेमा क्लबबाट प्रष्ट योजनाको अपेक्षा गरेका छन् ।

भुक्तानीमा ढिलाई

अबको पारिश्रमिक कसरी पाउने भन्ने मात्र होइन यसअघिको बाँकी रकम कसरी प्राप्त हुने छ भन्नेमा पनि मेस्सीको चासो रहेको छ । नयाँ सम्झौता अघि त्यसमा पनि उनी प्रष्ट हुन चाहिरहेका छन् । उनले ठूलो रकम क्लबबाट भुक्तानी लिन बाँकी रहेको बताइएको छ ।

मैदानभित्र बार्सिलोनाको योजना

सम्झौताका लागि ढिलाई भइरहेपनि बार्सिलोनाबाट टाढा हुन चाहेका छैनन् । उनी अझै पनि टोलीलाई ठूला सफलता दिलाउन चाहन्छन् । नयाँ सिजनका लागि उनका नजिकका मित्र सर्जियो अगुएरोलगायत इरिक गार्सिया, मेम्फिस डेपेलाई बार्सिलोनाले भित्राइसकेको छ । जसले गर्दा टोलीको फरवार्ड लाइन मजबुत हुने विश्वास गरिएको छ । त्यसका वावजुद पनि नयाँ सम्झौता अघि बार्सिलोना र मेस्सीका बीचमा केहि स्पष्टता आवश्यक रहेको देखिन्छ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.