default_image

3 years ago

July 3, 2021

इंग्ल्यान्डको नजर सेमिफाइनलमा

एजेन्सी – दुई दशक भन्दा लामो समयपछि इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको सेमिफाइनल पुग्नका लागि शनिबार राती युक्रेनको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुनेछ । जर्मनीलाई मंगलबार वेम्ब्लीमा २–१ ले हराउँदै इंग्ल्यान्डले क्वाटरफाइनलमा यात्रा तय गरेको थियो । युक्रेनलाई हराउन सकेको खण्डमा रोममा चेक गणतन्त्र वा डेनमार्क मध्ये एक टोलीसँग […]

35 views

0 Bookmark

एजेन्सी – दुई दशक भन्दा लामो समयपछि इंग्ल्यान्ड युरोपियन च्याम्पियनसिपको सेमिफाइनल पुग्नका लागि शनिबार राती युक्रेनको सामना गर्दै छ । खेल नेपाली समय अनुसार राती १२:४५ बजे सुरु हुनेछ ।

जर्मनीलाई मंगलबार वेम्ब्लीमा २–१ ले हराउँदै इंग्ल्यान्डले क्वाटरफाइनलमा यात्रा तय गरेको थियो । युक्रेनलाई हराउन सकेको खण्डमा रोममा चेक गणतन्त्र वा डेनमार्क मध्ये एक टोलीसँग सेमिफाइनल खेल्नेछ । युरो २०२२ का यसअघिका समूह चरण र क्वार्टरफाइनल वेम्ब्लीमा खेलेको थियो । शनिबारको खेल भने इटालीमा हुनेछ ।

युरो २०२० मा पहिलो पटक इंग्ल्यान्ड अवे मैदानमा गएर खेल्दैछ । कोभिडका कारण यात्राको मापदण्डका कारण इग्ल्यान्डका समर्थक इतालिन जानेछैनन् । त्यसअर्थ इग्ल्यान्डका भन्दा बढी युक्रेनका समर्थक खेलमा हुने सम्भावना छ ।

ग्यारेथ साउथगेटको टोली विश्व कप २०१८ को सेमिफाइनलमा पुगेको थियो । साउथगेटले युक्रेनसँगको खेल अघि भनेका छन्, ‘हाम्रा खेलाडी विना दर्शक खेल्नका लागि गत वर्षबाट अभ्यस्त भएका छन् । त्यसैले आफ्नो माहोल उनीहरुले बनाउनेछन् । यस्तो बेलामा मैदानमा नेतृत्व गर्ने खेलाडीको आवश्यकता पर्दछ । त्यसका लागि हामीसँग केहि नेतृत्वदायी खेलाडी छन् ।’

यदि इग्ल्यान्ड युक्रनलाई हराउन सफल भएको भने टोली युरो १९९६ पछि पहिलो पटक सेमिफाइनल पुग्नेछ । यसपटक टोली अपराजित मात्रै छैन अहिले सम्म गोल पनि खाएको छैन । उता स्विडेनलाई स्तब्ध पार्दै अघि बढेको युक्रेनले इग्ल्यान्डलाई पनि बलियो चुनौती पेश गर्ने अनुमान गरिएको छ । पहिलो पटक नकआउट चरणमा पुग्दै युक्रेनले इतिहास रचिसकेको छ ।

सन् २००४ का बालोन डी ओर विजेता आन्द्रे सेभचेन्कोले युक्रेनी टोलीको प्रशिक्षक रहेका छन् । समूह चरणका २ खेल गुमाएपछि समूहको उत्कृष्ट तेस्रो टोलीका रुपमा युक्रेन प्रि क्वार्टरफाइनलमा पुगेको थियो । थप समयमा अर्टेम डोभेकले गोल गरेपछि स्विडेनलाई २–१ ले हराउँदै युक्रेन अन्तिम आठमा पुगेको थियो ।

‘हामी यहाँ आफैलाई र भविष्यलाई परिवर्तन गर्न यहाँ आएका हौं’, चेल्सीका पूर्व फरवार्ड सेभचेन्कोले भनेका छन्, ‘इंग्ल्यान्ड उत्कृष्ट टोली हो । त्यसमा थ्रुपै उत्कृष्ट खेलाडी र प्रशिक्षण छन् । हाम्रा लागि खेल कठिन हुनेछ ।’

फिफा वरियतामा २४ औं स्थानमा रहेको युक्रेन इंग्ल्यान्ड भन्दा २० स्थान तल छ । यी दुई टोलीबीच अहिले सम्म ७ पटक भेट हुँदा युक्रेनले एक पटक मात्र जित निकालेको थियो । २००९ मा विश्व कप छनोटमा युक्रेनले इंग्ल्यान्डलाई १–० ले हराएको थियो । युक्रेनका दुई खेलाडीसँग प्रिमियर लिगको अनुभव छ । यरामोलेन्को वेष्ट ह्यामबाट खेल्छन् ।

पछिल्लो पाँच वर्षदेखि म्यानचेष्ट सिटीबाट खेलिरहेका ओलेकसान्द्र जिचेन्कोले ३ प्रिमियर लिग, ४ लिग कप र एक पटक एफए कप जितेका छन् । इंग्ल्यान्डका प्रशिक्षक साउथगेटले युक्रेनी टोलीको प्रशंसा गरेका छन् । ‘युक्रेनी फरवार्डले चुनौती दिनेछन् । उनीहरुको मनोबल उच्च छ र स्विडेनविरुद्ध उच्च प्रदर्शन गरे,’ उनले भने ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.