default_image

3 years ago

July 4, 2021

फ्रिकिकमा मेस्सी : रोनाल्डोलाई उछिने, म्याराडोनालाई पछ्याउँदै

एजेन्सी – कप्तान लिओनल मेस्सीको उच्च प्रदर्शन गरेपछि आइतबार अर्जेन्टिना इक्वेडरलाई ३–० ले हराउँदै ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको थियो । टोलीका तीनै गोलमा मेस्सीको भूमिका रह्यो । २ गोलमा एसिस्ट गरेका मेस्सीले फ्रिकिकमार्फत टोलीका लागि तेस्रो गोल गरेका थिए । खेलको अन्तिम समयमा गोल गरेको मेस्सीको त्यो फ्रिकिकबाट ५८ औं गोल थियो । […]

64 views

0 Bookmark

एजेन्सी – कप्तान लिओनल मेस्सीको उच्च प्रदर्शन गरेपछि आइतबार अर्जेन्टिना इक्वेडरलाई ३–० ले हराउँदै ब्राजिलमा जारी कोपा अमेरिकाको सेमिफाइनलमा पुगेको थियो । टोलीका तीनै गोलमा मेस्सीको भूमिका रह्यो । २ गोलमा एसिस्ट गरेका मेस्सीले फ्रिकिकमार्फत टोलीका लागि तेस्रो गोल गरेका थिए ।

खेलको अन्तिम समयमा गोल गरेको मेस्सीको त्यो फ्रिकिकबाट ५८ औं गोल थियो । डिएगो म्यारोडोनाको कीर्तिमानबाट अब मेस्सी ४ गोलमात्र पछाडि छन् । अर्जेन्टिनाका पूर्व महान खेलाडी म्यारोडोनाले आफ्नो खेल जीवनमा ६२ गोल सिधा फ्रिकिकमार्फत गरेका थिए ।

मेस्सीले फ्रिकिकबाट ५० गोल बार्सिलोनाका लागि र ८ गोल अर्जेन्टिनाका लागि गरेका हुन् । कुल ७ सय ४८ गोलमध्ये मेस्सीको फ्रिकिकमा गोलको औसत ७.७५ प्रतिशत रहेको छ । म्यारोडोनाको हकमा भने उनको फ्रिकिक गोल प्रतिशत १७ रहेको छ । उनले खेल जीवनमा कुल ३ सय ५३ गोल गरेका थिए ।

पोर्चुगल तथा युभेन्ट्सका सुपर स्टार पोर्चुगलले फ्रिकिकबाट ५६ गोल गरेका थिए । मेस्सीभन्दा उनी २गोलले पछाडि छन् । रोनाल्डोले रियल म्याड्रिडका लागि ३२, म्यानचेष्टर युनाइटेडका लागि १३, पोर्चुगलका लागि १० र युभेन्ट्सबाट १ गोल फ्रिकिकमा गोल गरेका थिए ।

फ्रिकिकमा गोल गर्ने शीर्ष १० खेलाडी

जुनिन्हो पेर्नाम्बुकानो (ब्राजिल) – ७७ गोल

पेले (ब्राजिल) – ७० गोल

भिक्टर लेग्रोतागाइल (अर्जेन्टिना) – ६६ गोल

रोनाल्डिन्हो (ब्राजिल) – ६६ गोल

डेविड बेकह्याम (इंग्ल्यान्ड) – ६५ गोल

डिएगो म्याराडोना (अर्जेन्टिना) – ६२ गोल

जिको (ब्राजिल) – ६२ गोल

रोनाल्ड कोम्यान (नेदरल्यान्ड्स) – ६० गोल

मार्सेलिन्हो कारिओका (ब्राजिल) – ५९ गोल

रोजेरिओ चेनी (ब्राजिल) – ५९ गोल

यो पनि : कोपा अमेरिका : मेस्सी गोल र असिस्टको अग्रस्थानमा

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

April 23, 2024

इन्टर मिलान सिरी ‘ए’ च्याम्पियन

एजेन्सी – मिलान डर्वीमा शहरी प्रतिद्धन्द्धी एसी मिलानलाई पराजित गर्दै इन्टर मिलान यस सिजन २०२३–२४ को इटालियन सिरी ‘ए’ को च्याम्पियन बनेको छ । मिलानोमा सोमबार राति भएको खेलमा इन्टरले एसी मिलानलाई २–१ ले पराजित गर्दै २०औं पटक सिरी ‘ए’ को च्याम्पियन बन्न सफल भएको हो । इन्टर यो सिजन पाँच खेल अगावै च्याम्पियन बनेको […]

Success

Thank you for your time.