default_image

3 years ago

July 5, 2021

युरो फाइनल : सम्पूर्ण जानकारी

एजेन्सी – युरो २०२० को रोमाञ्चकता जारी छ । नकआउट चरणमा पुग्दा केहि अप्रत्यासित नतिजा निस्केका थिए । विश्व कप विजेता फ्रान्स र युरो च्याम्प्यिन पोर्चुगल अन्तिम १६ बाट नै घर फर्किए । त्यसका वावजुद इंग्ल्यान्ड, स्पेन, इटाली जस्ता टोली अझै प्रतियोगितामा छन् । अघिल्लो चरणमा जस्तै सेमिफाइनल पनि रोमाञ्चक हुने आशा गरिएको छ । पहिलो सेमिफाइनलमा […]

45 views

0 Bookmark

एजेन्सी – युरो २०२० को रोमाञ्चकता जारी छ । नकआउट चरणमा पुग्दा केहि अप्रत्यासित नतिजा निस्केका थिए । विश्व कप विजेता फ्रान्स र युरो च्याम्प्यिन पोर्चुगल अन्तिम १६ बाट नै घर फर्किए ।

त्यसका वावजुद इंग्ल्यान्ड, स्पेन, इटाली जस्ता टोली अझै प्रतियोगितामा छन् । अघिल्लो चरणमा जस्तै सेमिफाइनल पनि रोमाञ्चक हुने आशा गरिएको छ । पहिलो सेमिफाइनलमा स्पेन र इटाली तथा दोस्रो सेमिफाइनलमा इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुनेछ ।

कहिले हुन्छ फाइनल ?

युरो २०२० को फाइनल आइतबार नेपाली समय अनुसार मध्यरातको १२:४५ बजे सुरु हुनेछ ।

फाइनलमा को को खेल्छन् ?

इटाली र स्पेनमध्ये एक तथा इंग्ल्यान्ड र डेनमार्कमध्ये एक टोलीले फाइनल खेल्नेछन् । सेमिफाइनल मंगलबार र बुधबार हुनेछ । दुवै खेल मध्यरातको १२:४५ बजे सुरु हुनेछ ।

कहाँ हुने छ फाइनल ?

लन्डनस्थित वेम्ब्ली रंगशालामा फाइनल खेल हुनेछ । इंग्ल्यान्डको घरेलु मैदानको क्षमता ९० हजार रहेको छ । सोही मैदानमा दुवै सेमिफाइनल पनि हुनेछ । सन् १९९६ को युरो कप फाइनल पनि सोही मैदानमा भएको थियो । चेक गणतन्त्रलाई २–१ ले हराउँदै जर्मनीले उपाधि जितेको थियो ।

कति दर्शकले रंगशालामा पुगेर फाइनल हेर्न सक्छन् ?

युरो कपको फाइनल यसपटक ६० हजार भन्दा बढी दर्शकले हेर्न पाउने भएका छन् । जुन २२ मा बेलायत सकारले रंगशालाको क्षमताको ७५ प्रतिशत दर्शक राख्न सकिने निर्णय गरेको थियो । दुई सेमिफाइनलमा पनि ६० हजार भन्दा बढी दर्शकले हेर्न पाउनेछन् ।

तर, त्यसका लागि दर्शकहरुले केहि मापदण्ड भने पूरा गर्नुपर्नेछ । कोभिड १९ को रिपोर्ट नेभेटिभ भएका, खेल हुनु १४ दिन अघि खोप लिइसकेकाले मात्र रंगशाला पुगेर खेल हेर्न सक्नेछन् ।

युइएफएका अध्यक्ष एलेजेन्डर काफ्रिनले बेलायत सरकारको निर्णयको स्वागत गर्दै भनेका छन्, यो सुखद खबर हो । अब धेरै दर्शकले वेम्ब्ली पुगेर अन्तिम ३ वटा खेल हेर्न पाउनेछन् । पछिल्लो १८ महिना मैदान भित्र वा बाहिर सबैका लागि कठिन रह्यो । दर्शकको उपस्थितिले खेलको रोकन बढाउनेछ । यो प्रतियोगितासँगै विस्तारै अवस्था सामान्य हुँदै गएको सन्देश जानेछ ।

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

April 24, 2024

चेल्सीमाथि आर्सनलको सानदार जित

एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिगमा ३ अंकको‌ स्पष्ट अग्रता लिएको छ। चेल्सीलाई मंगलबार ५-० ले हराउँदै आर्सनलले दोस्रो स्थानको लिभरपुललाई ३ अंकले पछि छाडेको छ । आर्सनलको ७७ अंक छ । लिभरपुलले एक खेल कम खेलेको छ भने २ खेल कम खेलेको तेस्रो स्थानको म्यानचेस्टर सिटी ७३ अंक छ।एफए कपको सेमिफाइनलमा सिटी सँग पराजित […]

Success

Thank you for your time.