default_image

3 years ago

July 4, 2021

बार्सिलोनाका विंगर वल्भ्समा अनुबन्धित

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोर्चुगिज विंगर फ्रान्सिस्को त्रीन्काओ एक सिजनका लागि लोनमा इंग्लिस प्रिमियर लिगको वल्भ्समा अनुबन्धित भएका छन् । गत सिजन मात्र क्याटलान क्लब आएका त्रीन्काओलाई वल्भ्सले अर्को सिजनको अन्त्यसँगै खरिद गर्न पाउने विकल्प पनि रहेको छ । ब्रागाबाट बार्सिलोना आएका उनले बार्सिलोनाका लागि अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । उनले २८ खेलमा […]

42 views

0 Bookmark

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका पोर्चुगिज विंगर फ्रान्सिस्को त्रीन्काओ एक सिजनका लागि लोनमा इंग्लिस प्रिमियर लिगको वल्भ्समा अनुबन्धित भएका छन् ।

गत सिजन मात्र क्याटलान क्लब आएका त्रीन्काओलाई वल्भ्सले अर्को सिजनको अन्त्यसँगै खरिद गर्न पाउने विकल्प पनि रहेको छ । ब्रागाबाट बार्सिलोना आएका उनले बार्सिलोनाका लागि अपेक्षित प्रदर्शन गर्न सकेका थिएनन् । उनले २८ खेलमा ३ गोल र २ असिस्ट प्रदान गरेका थिए । यसबाहेक ७ च्याम्पियन्स लिग खेलमा पनि उनले खेलेका थिए ।

वल्भ्सले यस सिजन आक्रमणमा खेल्ने खेलाडीलाई चोट बोकेपछि त्रीन्काओलाई अनुबन्ध गरेको हो । पेड्रो नेटो घुँडाको चोटका कारण अक्टोबरसम्म मैदानबाहिर रहनेछन् । यस्तै ड्यानीएल पोडेन्स पनि सिजनको अन्त्यमा शल्यक्रियापछि विश्राममा छन् । स्पेनिस विंगर एडामा ट्राओरेले नयाँ सम्झौता नगरेका कारण क्लब छोड्ने सम्भावना छ ।

त्रीन्काओले दुई सिजनअघि ब्रागाबाट खेल्दा वल्भ्सविरुद्ध प्रभावशाली प्रदर्शन गरेका थिए । उनले उक्त सिजन पोर्चुगीज टोलीका लागि ९ गोल र १३ असिस्ट दिएका थिए । बार्सिलोनाले २८ मिलियन पाउण्डमा उनलाई खरिद गरेको थियो । त्रीन्काओले पोर्चुगलका लागि गत वर्ष डेब्यु गर्दै ६ खेल खेलिसकेका छन् ।

यो पनि : मेस्सीले सम्झौता नगर्नुका ५ कारण

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.