default_image

3 years ago

July 5, 2021

पोर्चुगिज फरवार्ड लाइप्जिगमा अनुबन्धित

एजेन्सी – पोर्चुगिज फरवार्ड आन्द्रे सिल्भा जर्मन क्लब आरबी लाइप्जिगमा अनुबन्धित भएका छन् । बुन्डेसलिगा क्लब लाइप्जिगगले फरवार्ड सिल्भालाई अर्काे जर्मन क्लब फ्रान्कफुर्टबाट पाँच वर्षको लागि अनुबन्ध गरेको हो । लाइप्जिगले सिल्भालाई २३ मिलियन युरोमा अनुबन्ध गर्न सफल भएको हो । २५ वर्षीय फरवार्ड अब २०२६ सम्म लाइप्जिगमा रहनेछ । गत सिजनको बुन्डेसलिगाको दोस्रो सर्वाधिक […]

52 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड आन्द्रे सिल्भा जर्मन क्लब आरबी लाइप्जिगमा अनुबन्धित भएका छन् । बुन्डेसलिगा क्लब लाइप्जिगगले फरवार्ड सिल्भालाई अर्काे जर्मन क्लब फ्रान्कफुर्टबाट पाँच वर्षको लागि अनुबन्ध गरेको हो ।

लाइप्जिगले सिल्भालाई २३ मिलियन युरोमा अनुबन्ध गर्न सफल भएको हो । २५ वर्षीय फरवार्ड अब २०२६ सम्म लाइप्जिगमा रहनेछ । गत सिजनको बुन्डेसलिगाको दोस्रो सर्वाधिक गोलकर्ता समेत रहेका सिल्भाले गत सिजन फ्रान्कफुर्टबाट ३४ खेलमा २९ गोल गरेका थिए ।

सिल्भा सन् २०१९ मा इटालियन क्लब एसी मिलानबाट फ्रान्कफर्ट पुगेका थिए । सन् २०१७ मा पोर्चुगिज क्लब पोर्टाेबाट इटालियन क्लब एसी मिलान पुगेका सिल्भाले दुई सिजन लोनमा स्पेनिस क्लब सेभिया र फ्रान्कफुर्टबाट खेलेका थिए । फ्रान्फुर्टमा प्रभावशाली प्रदर्शन गरेपछि क्लबले उनलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको थियो ।

सिल्भाले जारी युरोपेली च्याम्पियनसिपमा तीन खेल खेलेपनि गोल भने गर्न सकेनन । पोर्चुगलका लागि उनले ४२ खेलमा १६ गोल गरिसकेका छन् ।

April 24, 2024

रानीवन र गोलबजारको बराबरी

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक सी डिभिजन लिगमा पुछारमा रहेको गोलबजार स्पोर्ट्स क्लबसँग रानीवन स्पोर्ट्स क्लब १–१ को बराबरीमा रोकिएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा योञ्जन हमालको गोलमा खेलको १६औं मिनेटमा गोलबजारले अग्रता बनायो। तर यो अग्रतालाई जोगाउन भने सकेन। ४४औं मिनेटमा हिमाञ्चल सिंहले बराबरी गोल फर्काए । दोस्रो हाफमा दुवै टिमबाट […]

April 24, 2024

शीर्षस्थानको कोशीसँग गण्डकीको हार

सुर्खेत (हाम्रो खेलकुद) – समिक्षा मगरको गोलमा कोशी प्रदेशले महिला लिग छनोट गण्डकी प्रदेशलाई ३–० ले सहजै हराएको छ । लगातार तेस्रो जितपछि ९ कोशी शीर्षस्थानमा छ । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा बुधबार भएको खेलमा कोशीले एकपक्षीय दबाब बनायो। छैटौं मिनेटमा समिक्षाले गोल गर्दै टोलीलाई पहिलो हाफमा १–० को अग्रता दिलाइन् । गण्डकी दोस्रो हाफमा […]

April 24, 2024

युभेन्ट्स कोपा इटालियाको‌ फाइनलमा

एजेन्सी – युभेन्ट्स कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ। खेलको अन्त्यतिर गोल गरेपछि समग्रमा लाजियोलाई ३-२ ले पछि पार्दै युभेन्टस अन्तिम दुईमा पुगेको हो। बुधबार भएको दोस्रो लेगमा २-१ ले पराजित भएको युभेन्ट्सले पहिलो लेगमा २-० को‌ जित निकालेको थियो।८३ औं मिनेटमा परिवर्तित खेलाडीका रुपमा मैदान प्रवेश गरेको केही सेकेन्डमै आर्काडिउज मिलिकले गोल गरेपछि युभेन्ट्सको […]

Success

Thank you for your time.