default_image

3 years ago

July 6, 2021

रोनाल्डो युभेन्टसमै रहने सम्भावना बढ्यो

एजेन्सी – अनेक शंकाका बीच सुपर स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ सम्म युभेन्ट्समा बस्ने सम्भावना बढेको छ । पछिल्लो समय उनी टुरिने छाड्ने चर्चा चलेको थियो । पोर्चुगिज कप्तान या त म्यानचेष्टर युनाइटेड, स्पोर्टिङ सिपी वा पेरिस सेन्ट जर्मेन जान सक्ने सम्भावना रहेको समाचार सार्वजनिक भएका थिए । तर परिस्थिति बदलिएको छ । इटालियन सञ्चारमाध्यमका […]

51 views

0 Bookmark

एजेन्सी – अनेक शंकाका बीच सुपर स्टार क्रिस्टियानो रोनाल्डो सन् २०२३ सम्म युभेन्ट्समा बस्ने सम्भावना बढेको छ । पछिल्लो समय उनी टुरिने छाड्ने चर्चा चलेको थियो ।

पोर्चुगिज कप्तान या त म्यानचेष्टर युनाइटेड, स्पोर्टिङ सिपी वा पेरिस सेन्ट जर्मेन जान सक्ने सम्भावना रहेको समाचार सार्वजनिक भएका थिए । तर परिस्थिति बदलिएको छ । इटालियन सञ्चारमाध्यमका अनुसार रोनाल्डोले युभेन्ट्ससँगको सम्झौतना नविकरण गर्ने भएका छन् ।

यसै साता भित्र सम्झौता नविकरण हुन सक्ने बताइएको छ । रोनाल्डोका एजेन्ट जोर्गे मेन्डस टुरिन भ्रमणमा जाने र युरोपियन च्याम्पियनसिपको फाइनल अघि नै सम्झौता नविकरण भइसक्ने अनुमान गरिएको छ ।

युभेन्ट्सले रोनाल्डो अर्को वर्ष फ्रि एजेन्ट हुने भएकाले पनि सम्झौता नविकरण गर्न चाहेको हो । त्यसको अर्थ अब उनी सन् २०२३ सम्म इटालियन क्लबका खेलाडी रहनेछन् । यदि अर्को सिजन उनलाई विक्री गर्ने अवस्था आएमा केहि आम्दानी हुने भएकाले पनि नयाँ सम्झौताका लागि क्लबले प्रयास गरेको हो ।

रोनाल्डो अर्को वर्ष ३७ वर्षका हुनेछन् । नयाँ सम्झौता गरे उनी ३८ वर्षको उमेरसम्म युभेन्ट्समा रहनेछन् । खेल जीवनको अन्त्यतिर रहेको अनुमान गरिएका रोनाल्डोको अब युनाइटेड वा स्पोर्टिङ सिपी फर्कने सम्भावना भने समाप्त हुने देखिएको छ ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.