default_image

3 years ago

July 6, 2021

रामोस पीएसजीमा अनुबन्ध नजिक

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व कप्तान सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध नजिक पुगेका छन् । पीएसजीले ३५ वर्षीय सेन्टरब्याक रामोसलाई २ वर्षको लागि सम्झौता गर्ने बुझिएको छ । उनलाई वार्षिक १० मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको बुझिएको छ । सम्झौता अनुसार उनी २०२३ सम्म पीएसजीमा रहनेछन् । उनको […]

71 views

0 Bookmark

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका पुर्व कप्तान सर्जियो रामोस फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) मा अनुबन्ध नजिक पुगेका छन् ।

पीएसजीले ३५ वर्षीय सेन्टरब्याक रामोसलाई २ वर्षको लागि सम्झौता गर्ने बुझिएको छ । उनलाई वार्षिक १० मिलियन पाउन्डमा अनुबन्ध गर्न लागेको बुझिएको छ । सम्झौता अनुसार उनी २०२३ सम्म पीएसजीमा रहनेछन् । उनको यसै साता मेडिकलसँगै क्लबमा सार्वजनिक गर्ने पीएसजीले योजना बनाएको छ । थियागो सिल्भाको प्रस्थानपछि केहि कमजोर बनेको पिएसजीको डिफेन्स रामोसको आगमनले मजबुत हुने अपेक्षा गरिएको छ ।

मंगलबार मेडिकल हुने र बुधबार आधिकारिक रुपमा सार्वजनिक गरिने कार्यक्रम तय भएको विभिन्न सञ्चारमाध्यममा उल्लेख छ । यो समरमा खेलाडी सरुवा बजारमा आक्रामक देखिएको पीएसजीले रामोससँगै मोरोक्कोका डिफेन्डर अचरफ हाकिमी र इटालियन गोलरक्षक जियानलुइजी डोन्नररुम्मालाई पनि अनुबन्ध गर्ने प्रक्रिया अघि बढाइसकेको छ ।

रियलले पीएसजीकै फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेलाई अनुबन्ध गर्ने योजना बनाएको छ । पीएसजी र रियल नै एमबाप्पेको व्यक्तिगत निर्णयको प्रतिक्षामा छन् । रियलले नयाँ प्रशिक्षक कार्लाे एन्सेलोटीको प्रशिक्षणमा सोमबारदेखि नै प्रशिक्षण सुरु गरिसकेको छ ।

रियलमा फ्रान्सेली रक्षक राफाएल भारानको भविष्य पनि अनिश्चित बन्दा उनलाई अनुबन्ध गर्न इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले ४५ मिलियन युरो खर्चने तयारी गरिरहेको छ । रियलले ६० मिलियन युरो माग गरिरहेको छ । रियलका अर्काे मिडफिल्डर इस्कोले पनि क्लब छाड्ने योजना बनाउँदा उनलाई इटालियन क्लब एसी मिलानले चासो देखाइरहेको छ ।

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

Success

Thank you for your time.