default_image

3 years ago

July 6, 2021

अर्जेन्टिनासँग फाइनल खेल्ने नेयमारको इच्छा

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले कोपा अमेरिकाको फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् । ब्राजिलले सोमबार भएको सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । उक्त खेलमा लुकास पाक्वेटाको एकमात्र गोलमा ब्राजिलले १-० को जित दर्ता गरेको थियो । खेलको ३५ औं मिनेटमा नेयमारकै पासमा पाक्वेटाले गोल गरेका थिए । […]

110 views

0 Bookmark

एजेन्सी – ब्राजिलियन फरवार्ड नेयमारले कोपा अमेरिकाको फाइनलमा चिर परिचित प्रतिद्वन्द्वी अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् ।

ब्राजिलले सोमबार भएको सेमिफाइनलमा पेरुलाई हराउँदै फाइनलमा स्थान पक्का गरेको छ । उक्त खेलमा लुकास पाक्वेटाको एकमात्र गोलमा ब्राजिलले १-० को जित दर्ता गरेको थियो । खेलको ३५ औं मिनेटमा नेयमारकै पासमा पाक्वेटाले गोल गरेका थिए । दोस्रो सेमिफाइनलमा मंगलबार अर्जेन्टिना र कोलोम्बियाले प्रतिस्पर्धा गर्दैछन् ।

खेलपछि बोल्दै नेयमारले फाइनलमा अर्जेन्टिनाको सामना गर्न चाहेको बताएका छन् । ‘म अर्जेन्टिनासँग फाइनल खेल्न चाहन्छु । म सेमिफाइनलमा उनीहरुको लागि नै समर्थन गर्नेछु,’ उनले भने, ‘ अर्जेन्टिनामा मेरो साथीहरु छन् । तर फाइनल भने ब्राजिलले नै जित्नेछ ।’

पछिल्लोपटक ब्राजिल र अर्जेन्टिनाले कोपा अमेरिकामा सन् २००७ मा खेलेका थिए । भेनेजुएलामा भएको उक्त प्रतियोगितामा ब्राजिलले ३-० को जित हासिल गरेको थियो ।

यसपटक ब्राजिल र अर्जेन्टिना कोपा अमेरिकामा दुई अपराजित टोली हुन् । यी दुई टोली फाइनल पुगेको अवस्थामा विश्व फुटबलका दुई उत्कृष्ट खेलाडी, नेयमार र लिओनेल मेस्सी आमनेसामने हुनेछन् । दुवैले व्यक्तिगत रुपमा पनि प्रतियोगितामा उच्च प्रदर्शन गरेका छन् । मेस्सीले ४ गोल र ४ असिस्टको योगदान दिँदा नेयमारले २ गोल गर्दै ३ असिस्ट दिएका छन् ।

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.