default_image

3 years ago

July 7, 2021

मेस्सीद्वारा मार्टिनेजको प्रशंसा

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०२१ को सेमिफाइनलमा कोलोम्बियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् । निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा मार्टिनेजले कोलोम्बियाको तीन प्रहार विफल पारेका थिए । उनकै प्रदर्शनमा अर्जेन्टिनाले ३-२ को जित हासिल गर्न सफल भयो । अर्जेन्टिनाका लागि लिओनेल […]

80 views

0 Bookmark

एजेन्सी – अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीका कप्तान लिओनेल मेस्सीले कोपा अमेरिका २०२१ को सेमिफाइनलमा कोलोम्बियाविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका गोलरक्षक एमिलियानो मार्टिनेजको प्रशंसा गरेका छन् ।

निर्धारित समयको खेल १-१ को बराबरीमा सकिएपछि टाइब्रेकरमा मार्टिनेजले कोलोम्बियाको तीन प्रहार विफल पारेका थिए । उनकै प्रदर्शनमा अर्जेन्टिनाले ३-२ को जित हासिल गर्न सफल भयो । अर्जेन्टिनाका लागि लिओनेल मेस्सी, लिआन्द्रो पारेडेस र लाउटारो मार्टिनेजले गोल गर्दा रोड्रीगो डे पल चुके । कोलोम्बियाका जुआन क्वाडराडो र मिगुएल बोर्जाले गोल गर्दा डाभीन्सन सान्चेज, येरी मिना र एडविन कार्डोनाको प्रहार गोलरक्षक मार्टिनेजले बचाएका थिए ।

कप्तान मेस्सीले खेलपछि बोल्दै गोलरक्षकमा आफ्नो टोलीले सधैं विश्वास गरेको अभिव्यक्ति दिए । ‘हामीसँग एमी (मार्टिनेज) छन् जो उत्कृष्ट छन्,’ मेस्सीले भने, ‘हामीले उनीमाथि विश्वास राखेका थियौं । उनले त्यसै अनुसार खेले । हाम्रो लक्ष्य सबै खेलमा उच्च प्रदर्शन गर्दै फाइनल पुग्ने थियो र त्यसमा हामी सफल भएका छौं ।’

मार्टिनेजले अर्जेन्टिनाको सिनियर राष्ट्रिय टोलीबाट यसै वर्ष डेब्यु गरेका हुन् । प्रिमियर लिग क्लब एस्टन भिल्लामा उच्च प्रदर्शन गरेपछि उनी चर्चामा आएका थिए । त्यसअघि आर्सनलमा लामो समय रहेपनि उनले अवसर पाएका थिएनन् । उनले लोनमा अन्यत्र भने केहि खेल खेलेका थिए ।

मेस्सीले सामाजिक संजालमा पनि मार्टिनेजलाई धन्यवाद दिँदै खुसी व्यक्त गरेका छन् । अर्जेन्टिनाले अब शनिबार हुने फाइनलमा ब्राजिलको सामना गर्नेछ । मेस्सी अन्तर्राष्ट्रिय उपाधिको खडेरी तोड्नबाट अब मात्र एक जित टाढा रहेका छन् ।

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

April 25, 2024

एभर्टनसँग लिभरपुल स्तब्ध

एजेन्सी – इंग्लिस प्रिमियर लिगको उपाधि दौडमा रहेको लिभरपुल बुधबारको खेलमा स्तब्ध भएको छ।एभर्टनले लिभरपुललाई २- ० ले हराएको छ । जितपछि एभर्टनको रेलिगेसनबाट जोगिने सम्भावना बलियो भएको छ । टोली ३३ अंकसहित १६औं स्थानमा छ। लिग जित्ने लिभरपुलको सम्भावना कमजोर बनेको छ । एभर्टनले आफ्नो घरेलु मैदानमा लिभरपुललाई सन् २०१० को अक्टोबरपछि पहिलो पटक […]

April 24, 2024

सुदूरपश्चिमसँग मधेशको हार, कोशी शीर्षमा

सुर्खेत (हाम्रो खेलकुद)– सुदूरपश्चिम प्रदेशले महिला लिग छनोटमा दोस्रो जित निकालेको छ । अस्मिता चौधरीको २ गोलको मद्दतमा सुदूरपश्चिमले बुधबार मधेश प्रदेशलाई ३–० ले हराएको छ । कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पाँचौं मिनेटमा यसोदाकुमारी चिरलको गोलबाट सुदूरपश्चिमले अग्रता लिएको थियो । अस्मिताले ५१ औं र ६१ औं मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाइन् । […]

Success

Thank you for your time.