default_image

3 years ago

July 8, 2021

ब्राजिलका जेससले अर्जेन्टिनाविरुद्ध फाइनल गुमाउने

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका कप अन्तर्गत अर्जेन्टिनाविरुद्धको फाइनल खेल पनि गुमाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) ले जेससलाई थप एक खेलमा प्रतिबन्ध लम्ब्याउने निर्णयसँगै उनले अर्जेन्टिनाविरुद्धको फाइनल खेल गुमाउने पक्का भएको हो । जेससले क्वाटरफाइनलमा चिलीका इयुजिनियो मेनाको अनुहारमा फ्लाइङ किक प्रहार गरेपछि रातो रेफ्रीले कार्ड देखाउँदै मैदान […]

70 views

0 Bookmark

एजेन्सी – ब्राजिली फरवार्ड गाब्रियल जेससले कोपा अमेरिका कप अन्तर्गत अर्जेन्टिनाविरुद्धको फाइनल खेल पनि गुमाउने भएका छन् । दक्षिण अमेरिकी फुटबल संघ (कन्मेवल) ले जेससलाई थप एक खेलमा प्रतिबन्ध लम्ब्याउने निर्णयसँगै उनले अर्जेन्टिनाविरुद्धको फाइनल खेल गुमाउने पक्का भएको हो ।

जेससले क्वाटरफाइनलमा चिलीका इयुजिनियो मेनाको अनुहारमा फ्लाइङ किक प्रहार गरेपछि रातो रेफ्रीले कार्ड देखाउँदै मैदान बाहिर पठाएपछि उनले पेरुविरुद्धको सेमिफाइनल खेल गुमाएका थिए । कन्मेवलको यो निर्णयको ब्राजिलका अर्का स्टार फरवार्ड नेयमारले विरोध गरेका छन् ।

नेयमारले आफ्नो इस्टाग्राममा लेखेका छन्, ‘यस्तो खाले निर्णय गर्ने व्यक्तिको अन्तर्गतमा रहनु निकै दुग्भार्यपूर्ण छ ।’ उनले व्यंग्य पनि गरेका छन् । ‘उनीहरुले खेलको राम्रो विश्लेषण गरे । हामीले धन्यवाद दिनैपर्छ,’ नेयमारले लेखेका छन् ।

उनले आफुबाट गल्तीवस किक प्रहार भएको भन्दै माफी मागिसकेका छन् । आफुलाई दुई खेलको प्रतिबन्ध लगाएर अपिल गर्ने मौका समेत नदिइएपछि जिसुसले पनि व्यंग्य गर्दै दक्षिण अमेरिकी फुटबल संघलाई धन्यवाद दिएका छन् । उनको स्थानमा अब एभर्टनले मौका पाउने सम्भावना छ । एभर्टनले सेमिफाइनलमा पनि पेरुविरुद्ध खेलेका थिए । ब्राजिल र अर्जेन्टिनाबीचको खेल ११ जुलाईमा माराकाना स्टेडियममा हुनेछ ।

साविक विजेता ब्राजिल लगातार उपाधि जित्ने लक्ष्यमा रहँदा अर्जेन्टिना १९९३ पछि पहिलोपटक उपाधि जित्ने लक्ष्यमा हुनेछ । यो खेललाई नेयमार र लियोनेल मेस्सीबीचको भिडन्तको रुपमा समेत हेरिएको छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.