default_image

3 years ago

July 9, 2021

प्रशिक्षक सिमिओन एट्लेटिकोमै रहने

एजेन्सी – स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओन क्लबमै रहने भएका छन् । क्लबले उनको सम्झौता नविकरण गरेका छन् । नयाँ सम्झौता अनुसार उनी सन् २०२४ सम्म एट्लेटिकोमा रहनेछन् । सिमिओन २०११ मा एट्लेटिकोको प्रशिक्षक बनेका थिए । यो अवधिमा उनले त्यहाँ विभिन्न ८ उपाधि जिेतका छन् । बार्सिलोना र रियल म्याड्रिडको दवदवा रहने […]

65 views

0 Bookmark

एजेन्सी – स्पेनिस च्याम्पियन एट्लेटिको म्याड्रिडका प्रशिक्षक डिएगो सिमिओन क्लबमै रहने भएका छन् । क्लबले उनको सम्झौता नविकरण गरेका छन् ।

नयाँ सम्झौता अनुसार उनी सन् २०२४ सम्म एट्लेटिकोमा रहनेछन् । सिमिओन २०११ मा एट्लेटिकोको प्रशिक्षक बनेका थिए । यो अवधिमा उनले त्यहाँ विभिन्न ८ उपाधि जिेतका छन् । बार्सिलोना र रियल म्याड्रिडको दवदवा रहने लालिगामा उनकै प्रशिक्षणमा एट्लेटिकोले दुइईपटक ला लिगाको उपाधि जितेको छ । जसमा गत संस्करणमा अन्तिम दिन एट्लेटिकोले उपाधि जित्न सफल भएको थियो ।

सिमिओनले क्लब छाड्न चर्चा चलिरहँदा २० डिसेम्वर २०२० मा क्लबका सिइओ मिगुइल एन्जेल गिल मारिन नै उनको सम्झौताको लागि लागिपर्दा सिमिओनको सम्झौता २०२२ सम्मको लागि नविकरण भएको थियो । सिमिओनको सम्झौतासँगै उनका कोचिङ स्टाफहरुको पनि स्वत नविकरण भएका छन् । सिमिओनको सहायकको रुपमा निल्सन भिभास, फिटनेस कोच ओस्कार इल प्रोफे ओर्टेगा, गोलकिपिङ प्रशिक्षक पाब्लो भेर्सेलोन र अर्का प्रशिक्षक हर्नन बोनभिसिनी रहेका छन् ।

क्लबमा नयाँ सम्झौतासँगै उनले क्लबमा नयाँ कीर्तिमान लेखाउने सम्भावना छ । सिमिओनले एट्लेटिकोमा ३१६ खेल जितेका छन् । उनीभन्दा अघि क्लबका लिजेन्ड लुइस एरागोनेस रहेका छन् । क्लबको लक्ष्य च्याम्पियन्स लिग नै रहेको छ । उनको नेतृत्वमा एट्लेटिको २०१४ र २०१६ मा फाइनलमा पुगेपनि उनको टोली शहरी प्रतिद्धन्द्धी रियल म्याड्रिडसँग पराजित हुदै उपाधिबाट विमुख बनेको थियो ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.