default_image

3 years ago

July 9, 2021

जापानमा नेपाली समूदायबीच हुने फुटबलको तयारी पूरा

जापान (हाम्रो खेलकुद) – एफसी धरानको आयोजनामा अर्को साता हुने दिलायो सेभेन ए साइड फुटबल रनिङ कपको सबै तयारी पूरा भएको छ । जापानको नागोयास्थित हिगासिकोसासा कोसिदोचो इचीमा आइतबार हुने एक दिने फुटबल प्रतियोगितामा जापानमा रहेको नेपाली समूदायको १६ टोलीको सहभागिता रहनेछ । प्रतियोगिता आयोजनाले जापानमा रहेका नेपालीबीच आपसी सम्बन्ध थप मजबुद हुने विश्वास लिएको […]

64 views

0 Bookmark

जापान (हाम्रो खेलकुद) – एफसी धरानको आयोजनामा अर्को साता हुने दिलायो सेभेन ए साइड फुटबल रनिङ कपको सबै तयारी पूरा भएको छ । जापानको नागोयास्थित हिगासिकोसासा कोसिदोचो इचीमा आइतबार हुने एक दिने फुटबल प्रतियोगितामा जापानमा रहेको नेपाली समूदायको १६ टोलीको सहभागिता रहनेछ ।

प्रतियोगिता आयोजनाले जापानमा रहेका नेपालीबीच आपसी सम्बन्ध थप मजबुद हुने विश्वास लिएको प्रतियोगिताका संयोजक समेत रहेका एफसी धरानका उपाध्यक्ष सविन राईले बताए । अखिल नेपाल फुटबल संघ (एन्फा) को विशेष सहयोग, स्थानिय संघ संस्था, नेपाली राष्ट्रिय फुटबल खेलाडीहरुको शुभेच्छा रहेको प्रतियोगितामा जापानवासी नेपालीबीच थप चासोको विषय बनेको एफसी धरानका अध्यक्ष योमन देवान बताए ।

अध्यक्ष देवानले विदेशी भूमिमा नेपालीहरु कामका सिलसिलामा व्यस्त रहने गरेपछि आपसी सम्बन्ध विस्तारका लागि यस्ता प्रतियोगिता सहयोगी हुने विश्वास लिएको जनाए । प्रतियोगिताको उद्घाटन खेल आयोजक एफसी धरान ब्ल्याक र एभरेष्ट एफसीबीच हुनेछ । प्रतियोगिताको हाम्रो खेलकुद डटकम र गोलनेपाल डटकमले प्रत्यक्ष प्रसारण गर्नेछन् । प्रतियोगिताको विजेताले २ लाख ५२ हजार ५ सय २५ र दोस्रो हुने टोलीले १ लाख ५१ हजार ५ सय १५ रुपैयाँ प्राप्त गर्नेछ ।

सहभागी टोलीहरु
१. एफसी धरान ब्ल्याक २.एभरेष्ट एफसी ३.सिजिओका ब्ल्याक ४.वेनि एफसी ५.एनएन एफसी ६.ओशाका ब्रदर्श ७.काभ्रेली समाज ८.कोवे युनाईटेड ९.एफसी धरान ह्वाइट १०.फुकुओका एफसी ११.पोखरा एफसी १२.सिजुओका गाईज १३.सिजुओका ग्रे १४.योक्काईची एफसी १५.एफसी धरान एल्लो १६.युनिटी एफसी

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.