default_image

3 years ago

July 10, 2021

पेरुलाई हराउँदै कोलम्विया कोपामा तेस्रो

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याएर कोलम्वियाले पेरुलाई हराउँदै कोपा अमेरिका कपमा तेस्रो स्थान हासिल गरेको छ । एक गोलले पछि परेको अवस्थामा लुइस डियाजले दुई तथा जुआन कोर्डाडोले एक गोल गरेपछि कोलम्वियाले पेरुमाथि ३–२ पूनरागमन जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो । पेरुका योसिमार योटन र जियानलुका लापाडुलाको गोल सान्त्वना बन्यो […]

75 views

0 Bookmark

एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याएर कोलम्वियाले पेरुलाई हराउँदै कोपा अमेरिका कपमा तेस्रो स्थान हासिल गरेको छ ।

एक गोलले पछि परेको अवस्थामा लुइस डियाजले दुई तथा जुआन कोर्डाडोले एक गोल गरेपछि कोलम्वियाले पेरुमाथि ३–२ पूनरागमन जित निकाल्दै तेस्रो स्थान हासिल गरेको हो । पेरुका योसिमार योटन र जियानलुका लापाडुलाको गोल सान्त्वना बन्यो ।

ब्राजिलस्थित ब्रासिलिया डिस्ट्रिटो फेडरलमा शनिबार बिहान भएको खेलको पाँचौ मिनेटमा योसिमार योटनको प्रहार बाहिरिदा पेरु अग्रता लिनबाट चुकेको थियो । नवौ मिनेटमा ओस्कार मुरिल्लोले अवसर पाएपनि सदुपयोग गर्न नसक्दा कोलम्वियाले अग्रता लिन सकेन । २७औं मिनेटमा जियानलुका लापाडुलाको प्रहार पोस्ट नजिकैबाट बाहिरिदा पेरुले अग्रता लिन सकेन ।

३२औं मिनेटमा कोलम्वियाका लुइस डियाजले अवसर खेर फाले । ४४औं मिनेटमा यारी मिनाको हेडर पोस्ट नजिकैबाट बाहिरिदा कोलम्विया अग्रता लिनबाट चुक्यो । त्यसमै गोलरक्षक पेड्रो गल्लासेले रिलिज गरेको बललाई काउन्टर अट्याकमा अघि बढाएपछि क्रिस्टियन कुइभाको पासमा अनमार्क रहेका योसिमार योटनले गोल गर्न सफल भएका थिए । जारी कोपामा उनको यो दोस्रो गोल हो । उनले यसअघि क्वाटरफाइनलमा पाराग्वेविरुद्ध गोल गरेका थिए ।

दोस्रो हाफको शुरुमै जुआन कोर्डाडोले फ्रिकिकमा दर्शनीय गोल गर्दै कोलम्वियालाई खेलमा फर्काएका थिए । ४९औं मिनेटमा एलेक्सान्डर कालेन्सले फउल गरेपछि प्राप्त फ्रिकिकलाई कोर्डाडोले जाली चुमाउँदा गोलरक्षक गल्लासेसले सही दिशामा डाइभ दिएपनि बचाउन सकेन । ५१औं मिनेटमा लुइस डियाजले सुवर्ण अवसर खेर फाल्यो ।

६५औं मिनेटमा लुइस डियाजले गोल गर्दै कोलम्वियालाई २–१ को अग्रता दिलाए । गोलरक्षक कामिल्लो भर्गासको लामो पासलाई नियन्त्रणमा लिदै उनले एक डिफेन्डर र गोलरक्षकलाई बिट गर्दै गोल गर्न सफल भएका थिए । ८३औं मिनेटमा जियानलुका लापाडुलाले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले राजिल गार्सियाको कर्नरलाई हेडरमार्फत गोल गर्न सफल भएका थिए ।

इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा लुइस डियाजले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै कोलम्वियालाई ३–२ को रोमाञ्चक जित दिलाए । उनले पेनाल्टी बक्सबाहिरबाट गरेको सशक्त प्रहारलाई गोलरक्षक गल्लासेले बचाउन सकेन । यो जितसँगै कोलम्वियाले समूह चरणमा भोगेको हारको बदला लिएको छ । समूह चरणमा पेरुले २–१ को जित निकालेको थियो ।

कोपाको उपाधिको लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच माराकाना स्टेडियममा नेपाली समयअनुसार ५ः४५ बजे हुनेछ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.