default_image

3 years ago

July 10, 2021

समस्यासँगै बार्सिलोनाको नयाँ सिजन सुरु

एजेन्सी – समस्यासँगै क्याटलान क्लब बार्सिलोनाको नयाँ सिजनको सुरुवात गरेको छ । बार्सिलोनाले शनिबारदेखि नयाँ सिजनको थालनी गरेको हो । नयाँ सिजनको लागि रोनाल्ड कोम्यानको टोलीमा पहिलो रोजाईका अधिकांश खेलाडी उपस्थित रहेका छैनन् । युरोपेली च्याम्पियनसिप, कोपा अमेरिका र ओलम्पिक गेम्सका कारण बार्सिलोनाका पहिलो रोजाईका खेलाडीहरु बार्सिलोनाको प्रि–सिजनमा जोडिएका छैनन् । प्रि–सिजनमा पहिलो राजाईका ११ […]

41 views

0 Bookmark

एजेन्सी – समस्यासँगै क्याटलान क्लब बार्सिलोनाको नयाँ सिजनको सुरुवात गरेको छ । बार्सिलोनाले शनिबारदेखि नयाँ सिजनको थालनी गरेको हो ।

नयाँ सिजनको लागि रोनाल्ड कोम्यानको टोलीमा पहिलो रोजाईका अधिकांश खेलाडी उपस्थित रहेका छैनन् । युरोपेली च्याम्पियनसिप, कोपा अमेरिका र ओलम्पिक गेम्सका कारण बार्सिलोनाका पहिलो रोजाईका खेलाडीहरु बार्सिलोनाको प्रि–सिजनमा जोडिएका छैनन् । प्रि–सिजनमा पहिलो राजाईका ११ खेलाडी मात्र टोलीमा समेटिएका छन् ।

प्रशिक्षक कोम्यानले ‘बी’ टिम रिजर्भका खेलाडीलाई समेट्टै प्रि–सिजन सुरु गर्नेछन् । गोलरक्षक मार्क आन्दर टेर स्टेगन, सर्जिनो डेस्ट, जेरार्ड पिके, मिरालेम प्यानिच, औसमाने डेम्वेले, रिकी पुच, नेटो, फिलिपे कौटिन्हो, सर्जी रोबर्टाे, अन्सु फाती र स्यामुइल उम्टिटी टोलीमा समेटिएका छन् । यि सबै खेलाडीले अघिल्लो सिजन चोट बोकेका थिए ।

मोन्चु, इलियास एखोमाच, गाभाी, अर्नाउ कोमास, सान्टी रामोस मिङ्गो, निको गोन्जालेज, अर्नाउ टेनास, एलेक्स कोललाडो र इनाकी पेना ‘बी’ टिमबाट प्रि सिजनमा जोडिएका छन् । अघिल्लो सिजन बार्सिलोनाको सिनियर टोलीमा डेब्यु गरेका युवा प्रतिभावान खेलाडी एलियाक्स मोरिवा प्रि–सिजनमा टोलीमा रहेका छैनन् । गत सिजन १८ वर्षीय मोरिवाले मिरालेम प्यानिच र रिकी पुचले भन्दा बढी अवसर पाएका थिए ।

बार्सिलोनामा मोरिवाको सम्झौता २०२२ सम्मा रहेको छ । नयाँ सम्झौता नभइसकेको अवस्थाका कारण उनी प्रि–सिजनमा नजोडिएको बुझिएको छ । यस्तै कप्तान लियोनेल मेस्सीसँग पनि बार्सिलोनाले सम्झौता गर्न सकेको छैन । बार्सिलोनाले प्रशिक्षण शुरु गर्नुअघि शनिबार र आइतबार कोरोनासँगै फिटनेस परिक्षण गर्नेछन् । त्यसपछि सोमबारदेखि सिउडाड डिपोर्टिभा जोन ग्याम्परमा पहिलो प्रशिक्षण शुरु गर्नेछन् ।

बार्सिलोनाको पहिलो टोलीका ११ मध्ये गोलरक्षक मार्क आन्दर टेर स्टेगन, औसमाने डेम्वेले, फिलिपे कौटिन्हो र अन्सु फातीले चोटबाट पूनरागमन गर्ने प्रयासमा छन् । बार्सिलोनाले नास्टिक डि टारागोनासँग प्रि–सिजनमा अभ्यास खेल खेल्नेछ । त्यसको तीन दिनपछि जिरोनासँग खेल्नेछ ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.