default_image

3 years ago

July 10, 2021

सातदोबाटोको अध्यक्षमा रानामगरकै निरन्तरता

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन टोली सातदोबाटो युथ क्लब को अध्यक्षमा कपिल रानामगरले निरन्तरता पाएका छन् । क्लबको शनिबार भएको आठौं वार्षिक साधारण सभाले रानामगरको अध्यक्षतामा १७ सदस्य कार्यसमितिको चयन गरेको छ । क्लबको प्रथम उपाध्यक्षमा श्याम महर्जन, द्वितिय उपाध्यक्ष विनोद राई, महासचिव सुनिल विष्ट, कोषाध्यक्ष राजेश मानन्धर, सचिव रविन खड्का, सह सचिव […]

22 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– सहिद स्मारक ए डिभिजन टोली सातदोबाटो युथ क्लब को अध्यक्षमा कपिल रानामगरले निरन्तरता पाएका छन् । क्लबको शनिबार भएको आठौं वार्षिक साधारण सभाले रानामगरको अध्यक्षतामा १७ सदस्य कार्यसमितिको चयन गरेको छ ।

क्लबको प्रथम उपाध्यक्षमा श्याम महर्जन, द्वितिय उपाध्यक्ष विनोद राई, महासचिव सुनिल विष्ट, कोषाध्यक्ष राजेश मानन्धर, सचिव रविन खड्का, सह सचिव सह सचिव चुनिएका छन् । क्लबका महासचिव विष्टका अनुसार सदस्यमा सिता श्रेष्ठ, शुम्भु लामा, सुगतरत्न शाक्य, पारस महर्जन, प्रकाश मानन्धर, गोपीकृष्ण नकर्मी, अजय आचार्य, जमुना महर्जन र किशोर महर्जन निर्वाचित भएका छन् । कार्यसमितिको अवधि ३ वर्षको रहनेछ ।

गत फागुनमा मात्रै ए डिभिजनमा बढुवा भएको सातदोबाटोले असोज ३ गते सुरु हुने तय भएको लिगका लागि पहिलो खेलाडीका रुपमा नाइजेरियन डिफेन्डर पिटर सेगुनलाई अनुबन्धन गरेको थियो । क्लबले साउनको पहिलो साताबाट प्रशिक्षण सुरु गर्ने जनाएको छ ।
२०५७ सालमा स्थापना भएको सातदोबाटो छनोट पार गरेर २०५९ सालमा ए डिभिजन लिगमा पुगेको थियो ।

२०६८ सालदेखि ‘बी’ डिभिजन लिग खेल्न थालेको टोली यसअघि दुई पटक ए डिभिजन लिगको नजिक पुगेर पनि असफल भएको थियो । दुई सिजनअघि निर्णायक खेलमा एनआरटीविरुद्ध जित निकाल्न नसकेपछि सातदोबाटो ‘ए’ डिभिजनमा पुग्नबाट बञ्चित भएको छ । पछिल्लो पटक बढुवा भएको एक वर्ष नै नपुग्दै सातदोबाटो ए डिभिजनको तयारीमा जुटेको छ ।

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

Success

Thank you for your time.