default_image

3 years ago

July 10, 2021

फुटबल टोलीलाई आइतबार प्रधानमन्त्रीले पुरस्कृत गर्ने

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा चैतमा थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले आइतबार पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई पुरस्कृत गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का एक सदस्यले जानकारी दिए । कार्यक्रम बिहान ११ बजेका लागि तय भएको बताइएको छ । बालगोपाल महर्जन […]

38 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दशरथ रंगशालामा चैतमा थ्री नेसन्स कप विजेता राष्ट्रिय फुटबल टोलीका सदस्यलाई सरकारले आइतबार पुरस्कृत गर्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा खेलाडीहरुलाई प्रधानमन्त्री केपी ओलीले खेलाडीलाई पुरस्कृत गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) का एक सदस्यले जानकारी दिए । कार्यक्रम बिहान ११ बजेका लागि तय भएको बताइएको छ ।

बालगोपाल महर्जन मुख्य प्रशिक्षक रहेको नेपाली टोलीले चैत १६ गत बंगलादेशलाई २–१ ले हराउँदै थ्री नेसन्स कप जितेको केहि दिनपछि सरकारले टोलीका खेलाडीलाई जनही ४ लाख रुपैयाँ दिने निर्णय गरेको थियो । प्रतियोगितामा अर्को टोलीका रुपमा कीर्गिस्तानको यू २३ टोलीले भाग लिएको थियो ।

विश्व कप छनोटका ३ खेल दशरथ रंगशालमा चैतका लागि तय भएपनि कोराना महामारीका कारण नेपालबाट कुवेत सारिएपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्री नेसन्स कप आयोजना गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दशरथ रंगशाला पुगेर फाइनल हेरेका थिए । समापनका क्रममा खेलाडीहरुले ‘केपी बा वि लभ यु’ भन्दै नारा लगाएका थिए ।

थ्री नेसन्सको केहि समयपछि आयोजना भएको ट्राइ नेसन्स टि ट्वान्टी सिरिजको विजेता नेपाली क्रिकेट टोलीलाई भने अहिले सम्म सरकारले पुरस्कारको घोषणा गरेको छैन ।

थ्री नेसन्स कप विजेता टोली :

गोलरक्षक – किरण कुमार लिम्बु (कप्तान), विकेश कुथु र दिप कार्की

डिफेन्डर – रन्जित धिमाल, निशान खड्का, रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, अजित भण्डारी, विराज  महर्जन र छिरिङ गुरुङ

मिडफिल्डर – त्रिदेव गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, एरिक बिष्ट, सन्जोक राई, विशाल राई, सुनिल बल, रवि शंकर पासवान

फरवार्ड – अन्जन बिष्ट, दर्शन गुरुङ, अभिषेक रिजाल र भरत खवास

April 23, 2024

महिला लिग छनोटमा लुम्बिनीको पहिलो जित

सुर्खेत (हाम्रो खेलकुद) – लुम्बिनी प्रदेशले महिला लिग छनोटमा पहिलो जित हासिल गरेको छ । उत्कृष्ट पूनरागमन गर्दै लुम्बिनीले मंगलबार बागमती प्रदेशलाई ३–१ को नतिजामा माथ दिएको हो । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलमा पहिलो अग्रता बागमतीले बनायो। २४औं मिनेटमा सुमित्रा तामाङको गोलमा बागमती अगाडि लागेको थियो । तर यो अग्रता खेलको ४०औं मिनेटमा […]

April 23, 2024

आदर्श च्यालेन्ज कप – आदर्श र ध्रुवताराबीच उद्घाटन खेल हुने

हिमाल खरेल, मेचीनगरझापाको बुद्धशान्तिमा शनिबार सुरु हुने तेस्रो आदर्श च्यालेन्ज कप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । खेल मैदान बुद्ध आदर्श माविको सभाहलमा आज भएको पत्रकार सम्मेलनमा खेल तालिका सार्वजनिक भएको हो । खेल तालिकाअनुसार उद्घाटन खेलमा आयोजक आदर्श युवा क्लबले दमकको ध्रुवतारा स्पोर्टिङ क्लबको सामना गर्नेछ । त्यस्तै, दोस्रो खेल आइतबार बिर्तामोड […]

April 23, 2024

बेलिङहमले जिते ब्रेकथ्रु अवार्ड

एजेन्सी – इङ्ल्यान्ड तथा स्पेनिस क्लब रियल म्याड्रिडका युवा मिडफिल्डर जुड बेलिङहमले अवार्ड जितेका छन् । बेलिङहमले सन् २०२४ को लौरेस वल्ड स्पोर्ट्स ब्रेकथ्रु अफ द इयर अवार्ड जितेका हुन् । गत समरमा जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ८९ मिलियन पाउण्डमा रियल आएका २० वर्षीय बेलिङहम क्लबका लागि महत्वपूर्ण खेलाडी बनेका छन् । उनले आइतबार एल […]

Success

Thank you for your time.