default_image

3 years ago

July 10, 2021

प्रशिक्षक अलमुताइरीको सम्झौता थप्ने प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सम्झौता थप गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रक्रिया अघि बढाएको छ । तीन महिना अघि नेपाल आएका अल्मुताइरीले सम्हालेदेखि टोलीको प्रदर्शन र भविष्यका लागि आशावादी भएरै अल्मुताइरीको प्रशिक्षण अवधिलाई थप गर्न एन्फाले गत साता कतार फुटबल संघलाई पत्राचार गरेको एन्फाका प्रवक्ता […]

68 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली राष्ट्रिय फुटबल टोलीका कुवेती प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीको सम्झौता थप गर्नका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रक्रिया अघि बढाएको छ ।

तीन महिना अघि नेपाल आएका अल्मुताइरीले सम्हालेदेखि टोलीको प्रदर्शन र भविष्यका लागि आशावादी भएरै अल्मुताइरीको प्रशिक्षण अवधिलाई थप गर्न एन्फाले गत साता कतार फुटबल संघलाई पत्राचार गरेको एन्फाका प्रवक्ता किरण राईले जानकारी दिए । सन् २०२२ को सेप्टेम्बरसम्मका लागि अल्मुताइरीको सम्झौता थपका लागि प्रस्ताव गरिएको बताइएको छ ।

यसअघि उनको सम्झौता २०२२ को अप्रिल अन्तिमसम्म थियो । प्रस्ताव पारित भएको खण्डमा पहिला भन्दा ६ महिना बढी उनी टोलीको मुख्य प्रशिक्षक रहनेछन् । कतार फुटबल संघ एन्फालाई सहयोग स्वरुप आफैले पारिश्रमिक बेहोर्ने गरि पठाएको हो । सम्झौता थपका विषयमा कतारबाट जवाफ आइनसकेको पनि उनले जानकारी दिए ।

अझै झन्डै ९ महिना सम्झौता बाँकी रहँदा थप्नु पर्ने आवश्यकता देखियो भन्ने प्रश्नमा प्रवक्ता राईको जवाफ छ, ‘कतार फुटबल संघले उहाँलाई नियुक्त गरेको हो । त्यसैले अवधि सकिने बेलामा प्रस्ताव गर्दा प्रक्रियामा ढिलाई पनि हुन सक्छ । त्यो भन्दा अगाडि नै आफ्नो प्रस्ताव राख्दा सहज हुने देखेर गरेका हौं ।’

राईले त्यसो भनिरहँदा श्रोतका अनुसार भने आफ्नो सम्झौता थप्नका लागि अल्मुताइरी आफैंले एन्फामाथि दबाब बढाएका थिए । उनले आफ्नो पारिश्रमिकमा पनि परिमार्जन हुनुपर्ने माग राखेपछि एन्फाले नयाँ सम्झौताको प्रस्ताव पठाएको हो ।

प्रो लाइसन्स प्राप्त अलमुताइरी गत चैतमा नेपाल आएका थिए । उनको प्रशिक्षणमा नेपाली टोलीले कुवेतमा विश्व कप तथा एसिया कप छनोट अन्तर्गत अन्तिम ३ खेल खेलेको थियो । त्यस भन्दा अघि इराकविरुद्ध उसै भूमिमा मैत्रीपूर्ण खेल खेलेको थियो ।

मैत्रीपूर्ण खेलमा इराकसँग ६–२ ले पराजित भएको नेपाली टोलीले कुवेतमा भएको छनोटमा चाइनिज ताइपेलाई २–० ले हराएको थियो । अन्तिम दुई खेलमा नेपाली टोली जोर्डन र अष्ट्रेलियासँग समान ३–० ले पराजित भएको थियो ।

नयाँ प्रस्ताव कतारले स्वीकार गरेको अवस्थामा अल्मुताइरीले २०२२ को फेब्रुअरीमा सुरु हुने एसिया कप छनोटको तेस्रो चरणका लागि टोली सम्हाल्नेछन् । अहिले सप्टेम्बरमा हुने साफ च्याम्पियनसिपका लागि अलमुताइरीले ५० खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गराईरहेका छन् ।

March 28, 2024

सुरेश थापा क्षेत्री स्मृति फुटबलमा बाहुनडाँगी विजयी

हिमाल खरेल , मेचीनगर बाहुनडाँगी युवा क्लबले कार्गिल सहिद सुरेश थापा क्षेत्री स्मृति दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । मेचीनगर ४ स्थित सरस्वती माविको खेल मैदानमा आज भएको उद्घाटन खेलमा कचनकवल फुटबल क्लबविरुद्ध २–० को सहज जित निकाल्दै बाहुनडाँगी विजयी भएको हो । जितसँगै बाहुनडाँगी सेमिफाइनलमा प्रवेश गरेको छ । बाहुनडाँगीका […]

March 28, 2024

फुटबल टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय फुटबल टोली बहराइनबाट बिहीबार स्वदेश आइपुगेको‌ छ फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप २०२७ को छनोटअन्तर्गत बहराइनसँग २ खेल खेलेर नेपाली टोली स्वदेश फर्किएको हो। समूह ‘एच’ मा रहेको नेपाली टोलीले ‘होम एन्ड अवे’ दुवै खेल बहराइनमा खेलेको थियो । पहिलो खेलमा ५–० गोलले पराजित नेपाली टोली बहराइनसँगको‌ मंगलबारको ३–० […]

March 27, 2024

स्लोभेनियासँग पोर्चुगल स्तब्ध

एजेन्सी– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगल स्लोभेनियासँग स्तब्ध बनेको छ । नौं मिनेटको अन्तरालमा दुई गोल बेहोरेपछि पोर्चुगल घरेलु टोली स्लोभेनियासँग २–० ले स्तब्ध बनेको हो । घरेलु टोली स्लोभेनियाको जितमा एडम नेज्दा सेरिन र टिमी एल्सनेकले गोल गरे । गोल खेलको अन्त्यतिर ९ मिनेटको अन्तरमा भएको थियो । स्लोभेनियामा मंगलबार राति भएको खेलमा पाहुना टोली […]

Success

Thank you for your time.