default_image

3 years ago

July 10, 2021

उपाधिका लागि ब्राजिल र अर्जेन्टिना भिड्दै

एजेन्सी – कोपा अमेरिका कपको उपाधिका लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोलीबीचको खेल माराकाना स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे हुनेछ । ब्राजिल १०औं तथा अर्जेन्टिना १५औं पटक कोपाको च्याम्पियन बन्ने दाउमा हुनेछ । अर्जेन्टिना च्याम्पियन बन्न सके उरुग्वेको सर्वाधिक कीर्तिमानलाई बराबरी गर्नेछ । घरेलु मैदानमा […]

57 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका कपको उपाधिका लागि आइतबार बिहान साविकको विजेता ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा हुदैछ । यि दुई टोलीबीचको खेल माराकाना स्टेडियममा नेपाली समयअनुसार आइतबार बिहान ५ः४५ बजे हुनेछ ।

ब्राजिल १०औं तथा अर्जेन्टिना १५औं पटक कोपाको च्याम्पियन बन्ने दाउमा हुनेछ । अर्जेन्टिना च्याम्पियन बन्न सके उरुग्वेको सर्वाधिक कीर्तिमानलाई बराबरी गर्नेछ ।

घरेलु मैदानमा हुने खेलमा ब्राजिल लियोनेल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनालाई हराउँदै लगातार उपाधि जित्ने लक्ष्यमा हुनेछ । तर अर्जेन्टिनाविरुद्धको खेलमा ब्राजिललाई जित हात पार्न सहज भने हुनेछैन । टोलीसँग स्टार फरवार्ड नेयमारसँगै रोबर्टाे फिर्मिनो, क्यासमिरो, रिचार्लीसन, थियागो सिल्भा, मार्किन्हस, एलेक्स सान्द्रो, डानिलो, लुकास पाक्वेटा, एभर्टन, इडर मिलिसाओ, एभर्टन रिवेइरो र गोलरक्षक इडर्सन मोराएस रहेका छन् ।

यता, अर्जेन्टिना पनि घरेलु टोलीलाई हराउँदै सन् १९९३ पछि पहिलोपटक ठुलो प्रतियोगिताको उपाधि जित्ने लक्ष्यमा मैदानमा उत्रनेछ । तर बलियो ब्राजिलविरुद्ध जित निकाल्न अर्जेन्टिनालाई सहज हुनेछैन ।

ब्राजिललाई हराउँदै च्याम्पियन बन्न सके कप्तान लियोनेल मेस्सीले राष्ट्रिय टोलीबाट पहिलो उपाधिको स्वाद चाख्नेछ । क्लब फुटबलमा सबैखाले उपाधि जितेको मेस्सीले यसअघि चार फाइनल (तीन कोपा र एक विश्वकप) खेलेपनि उपाधि जित्न सकेको छैन । यसपटक फेरि त्यस्तै सुवर्ण अवसर मेस्सीसामु आएको छ ।

टोलीसँग मेस्सीसँगै लोउटारो मार्टिनेज, एन्जल डि मारिया, सर्जियो अगुएरो, लियान्द्रो ड्यानियल पारेडेस, रोड्रिगो डि पल, गुइडो रोड्रिग्वेज, एलेजान्द्रो गोमेज, जियोभानी लो सेल्सो, निकोलस ओटामेन्डी, निकोलस टाग्लियफिको, मार्काेस एकुना, क्रिस्टियन रोमेरो र सेमिफाइनलमा कोलम्वियाविरुद्ध नायक बनेका गोलरक्षक इमिलियानो मार्टिनेज रहेका छन् ।

ब्राजिल १५ नोभेम्वर २०१९ मा अर्जेन्टिनासँग १–० ले पराजित भएयता पछिल्लो १३ खेलमा अपराजित छ । जसमा १२ जित र १ बराबरीको नतिजा छ । यता अर्जेन्टिना पनि २०१९ को कोपामा ब्राजिलसँग २–० ले पराजित भएयता पछिल्लो १९ खेलमा अपराजित छ । यसक्रममा ११ जित र ८ बराबरीको नतिजा छ ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.