default_image

3 years ago

July 11, 2021

डी मारियाको गोलमा अर्जेन्टिनालाई अग्रता

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ । विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता लिएको छ । निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन । १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । […]

69 views

0 Bookmark

एजेन्सी – कोपा अमेरिका २०२१ अन्तर्गत फाइनल खेलमा अर्जेन्टिनाले ब्राजिलविरुद्ध अग्रता लिएको छ । विंगर एन्जल डी मारियाको गोलमा अर्जेन्टिनाले पहिलो हाफमा १-० को अग्रता लिएको छ ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन । १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिलबाट गोलको खतरा टारेका थिए ।

खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।

२९ औं मिनेटमा डी मारियानै ब्राजिलका लागि खतरा बने । यसपटक उनको प्रहारलाई थियागो सिल्भाले गोलरक्षकसम्म पुग्न दिएनन् । उक्त रिबाउन्डमा लाउटारोको प्रहारलाई अर्का डिफेन्डर मार्किन्हसले विफल पारेका थिए ।

अर्जेन्टिनाले टोलीमा ५ परिवर्तन गर्दा ब्राजिलले भने कुनै परिवर्तन गरेको छैन । अर्जेन्टिनाले आक्रमणमा एन्जल डी मारियालाई अवसर दिएको छ । उनले लाउटारो मार्टिनेज र कप्तान लिओनेल मेस्सीलाई साथ दिनेछन् । अघिल्लो खेलमा निको गोन्जालेजले सुरुवाती रोजाइमा खेलेका थिए ।

त्यस्तै मिडफिल्डमा लिएन्द्रो पारेडेसले गिदो रोड्रीग्वेजको स्थान लिएका छन् । उनीसँग जिओभानी लो सेल्सो र रोड्रीगो डे पलले खेल्नेछन् । डिफेन्समा मार्कोस अकुना, गोन्जालो मोन्तिएल र क्रिस्टियन रोमेरो टोलीमा आएका छन् । निकोलस ओटामेन्डी नियमित छन् भने गोलरक्षक एमिलियानो मार्टिनेज पनि सुरुवात गर्दैछन् ।

यता ब्राजिलले सेमिफाइनलमा खेलेको टोलीलाई नै फाइनलमा उतारेको छ । गोलरक्षकमा एडरसनले नै निरन्तरता पाउँदा डिफेन्समा रेनान लोडी, थियागो सिल्भा, मर्किन्हस र ड्यानीलो रहेका छन् । रक्षात्मक मिडफिल्डमा क्यासेमिरो र फ्रेड छन् ।

ब्राजिलको आक्रमणको आकर्षणमा स्टार फरवार्ड नेयमार नै रहेका छन् । उनलाई रिचार्लीसन, लुकास पाक्वेटा र एभर्टनले साथ दिनेछन् । फरवार्ड ग्याब्रिएल जेसस प्रतिबन्धका कारण उपलब्ध नहुँदा एभर्टनले अवसर पाएका हुन् ।

अर्जेन्टिना (४-३-३):

मार्टिनेज : अकुना, ओटामेन्डी, रोमेरो, मोन्तिएल : डे पल, पारेडेस, लो सेल्सो : डी मारिया, मार्टिनेज, मेस्सी

ब्राजिल (४-२-३-१):

एडरसन : ड्यानीलो, मार्किन्हस, सिल्भा, लोदी : क्यसेमिरो, फ्रेड : रिचार्लीसन, पाक्वेटा, एभर्टन : नेयमार

साविक विजेता ब्राजिल आफ्नो आठौं कोपा अमेरिका उपाधिका लागि प्रतिस्पर्धामा छ । अर्जेन्टिना भने २८ वर्षपछि उपाधि जित्दै पछिल्लो ४ पटक फाइनलमा हारेको सिलसिला टुंग्याउन चाहन्छ ।

April 16, 2024

चेल्सीको‌ जितमा पाल्मेरको ४ गोल

एजेन्सी – चेल्सीले इंग्लिस प्रिमियर लिगमा सोमबार सानदार जित निकालेको छ। घरेलु मैदान स्टामफोर्ड ब्रिजमा भएको खेलमा चेल्सीले एभर्टनलाई ६-० ले हराएको हो । चेल्सीका कोले पाल्मेरले ४ तथा निकोलस ज्याक्सन र अल्फी गिलक्रिस्टले समान १ गोल गरेका थिए। १३ औं मिनेटमा पहिलो गोल गरेका पाल्मेरले २९ औंमा ह्याट्रिक पूरा गरेका थिए। उनले दोस्रो गोल […]

April 16, 2024

पुलिस जीतपुरसिमरा गोल्डकप च्याम्पियन

सुनिल गाउँले, सिमरा नेपाल पुलिस क्लबले जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर […]

April 15, 2024

लिभरपुलपछि आर्सनल पनि पराजित

एजेन्सी – लिभरपुलको हारपछि इंग्लिस प्रिमियर लिग शीर्षस्थानमा उक्लने मौकालाई आर्सनलले गुमाएको छ । आर्सनल आइतबार एस्टन भिल्लासँग २–० ले पराजित भएको छ । उपाधि होडमा रहेका दुई टोली लिभरपुल र आर्सनल पराजित भएपछि त्यसको फाइदा म्यानचेस्टर सिटीलाई पुगेको छ । खेलको अन्त्यतिर एस्टन भिल्लाले २ गोल गर्दै आर्सनलमाथि सानदार जित निकालेको हो । लियोन […]

Success

Thank you for your time.