default_image

3 years ago

July 11, 2021

अर्जेन्टिना कोपा अमेरिका च्याम्पियन

एजेन्सी – साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो । पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन […]

101 views

0 Bookmark

एजेन्सी – साविक विजेता ब्राजिललाई उसकै मैदानमा पराजित गर्दै अर्जेन्टिनाले कोपा अमेरिका २०२१ को उपाधि जितेको छ । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिका उपाधि जित्ने क्रममा ब्राजिललाई १-० ले पराजित गरेको हो ।

पहिलो हाफमा एन्जल डी मारियाले गरेको गोल नै अर्जेन्टिनाको जितमा निर्णायक बन्यो । ब्राजिलले खेलको दोस्रो हाफमा आक्रामक परिवर्तन गर्दै सुधारिएको प्रदर्शन गरेपनि खेलमा फर्कन सकेन । गोलरक्षक एमिलिआनो मार्टिनेजले केहि सुन्दर बचाउ गर्दै अर्जेन्टिनाको अग्रता जोगाएका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको सुरुवाती समयमा ब्राजिलले केहि आक्रमण बुनेपनि गोल गर्न सकेको थिएन । १३ औं मिनेटमा ब्राजिलका रिचार्लीसनको प्रहारलाई डिफेन्डर निकोलस ओटामेन्डीले विफल पारेका थिए । २० औं मिनेटमा नेयमारको प्रहारलाई अर्का डिफेन्डर क्रिस्टियन रोमेरोले रोक्दै ब्राजिलबाट गोलको खतरा टारेका थिए ।

खेलको २२ औं मिनेटमा डी मारियाले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए । रोड्रीगो डे पलले दिएको लामो पासमा ब्राजिलका रेनान लोडीले राम्रो क्लिअरेन्स गर्न नसक्दा डी मारियाले बलमा नियन्त्रण गर्दै गोलरक्षकको माथिबाट चिप गर्दै गोल गरेका थिए ।

२९ औं मिनेटमा डी मारियानै ब्राजिलका लागि खतरा बने । यसपटक उनको प्रहारलाई थियागो सिल्भाले गोलरक्षकसम्म पुग्न दिएनन् । उक्त रिबाउन्डमा लाउटारोको प्रहारलाई अर्का डिफेन्डर मार्किन्हसले विफल पारेका थिए । पहिलो हाफको अन्तिम मिनेटमा रिचार्लीसनको प्रहार बाहिरिंदा ब्राजिल खेलमा फर्कन सकेन ।

दोस्रो हाफमा ब्राजिलले फ्रेडको स्थानमा रोबर्टो फिर्मिनोलाई मैदानमा पठाउँदै आक्रमण बलियो पर्ने रणनीति लिएको थियो । त्यसै अनुसार ब्राजिलले अवसर पनि सिर्जना गर्यो । ५२ औं मिनेटमा रिचार्लीसंले गोल गरेपनि रेफ्रीले अफसाइड भन्दै गोललाई मान्यता दिएनन् । लगत्तै गोलरक्षक एमिलिआनो मार्टिनेजले रिचार्लीसनको प्रहारमा उत्कृष्ट बचाउ गर्दै खेलमा अग्रता कायम राखे ।

६५ औं मिनेटमा मेस्सीले पेनाल्टी क्षेत्र भिडभाडको अवस्थामा गरेको प्रहार गोलरक्षकसम्म पुग्न सकेन । उनले मार्किन्हसको गल्तीको फाइदा उठाउँदै प्रहार गर्ने अवस्थामा पुगेका थिए । ७१ औं मिनेटमा नेयमारको पासमा पाक्वेटाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

८७ औं मिनेटमा गोलरक्षक मार्टिनेजले सानदार बचाउ गर्दै अर्जेन्टिनाको अग्रता कायम राखे । कर्नरमा आएको रिबाउन्डमा ग्याबिगलले गरेको शक्तिशाली प्रहारलाई मार्टिनेजले पन्च गरेर बाहिर पठाएका थिए । लगत्तै अर्कोतर्फ मेस्सीले अर्जेन्टिनाको जित पक्का गर्ने सुवर्ण अवसर खेर फाले । उनले डे पलको पासमा पेनाल्टी क्षेत्र भित्र वन भर्सेस वनको स्थितिमा बल प्रहार गर्न ढिलो गर्दा एडरसनले बचाएका थिए ।

इन्ज्युरी समयमा एडरसनले डे पलको प्रहारलाई वन भर्सेस वनको स्थितिमा विफल पार्दै झिनो आशा कायम राखेका थिए । तर त्यसपछि ब्राजिलले कुनै आक्रमण बुन्न नसक्दा अर्जेन्टिना उपाधि जित्न सफल रहयो ।

April 25, 2024

पेमा मिल्स गोल्डकपको फाइनलमा

विराटनगर (हाम्रो खेलकुद) – घरेलु टोली पेमा युवा क्लब विराटनगर चौंथो संस्करणको मिल्स गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । विराटनगर जुटमिलको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा कोशी प्रदेश प्रहरी कार्यालय रानी विराटनगरलाई ३–१ गोलले हराउँदै पेमा अन्तिम दुईमा पुगेको हो । पेमाले शनिबार हुने फाइनलमा सशस्त्र प्रहरी बल (एपीएफ) पकली, सुनसरीसँग प्रतिस्पर्धा गर्नेछ । […]

April 25, 2024

कर्णालीको जितमा बागमतीको तेस्रो हार

सुर्खेत (हाम्रो खेलकुद) – महिला लिग छनोटमा कर्णाली प्रदेशले बुधबार बागमती प्रदेशलाई ३–२ ले पराजित गरेको छ । छनोटमा घरेलु टोली कर्णालीको तेस्रो खेलमा यो दोस्रो जित हो । बागमतीले भने अंकको खाता खोल्न सकेको छैन । सर्खेतस्थित कर्णाली प्रदेश रंगशालामा भएको खेलको ४१ औं मिनेटमा सुनकला राईले गोल गर्दै कर्णालीलाई अग्रता दिलाइन् । तर […]

April 25, 2024

एमबाप्पे चम्कँदा पिएसजीको सानदार जित

एजेन्सी – केलियन एमबाप्पेले दुई गोलसँगै एक असिस्ट प्रदान गरेपछि पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा सानदार जित दर्ता गर्दै उपाधि यात्रालाई थप मजबुत बनाएको छ । पिएसजीले रेलिगेसन क्षेत्रमा संघर्ष गरिरहेको घरेलु टोली लोरिएन्टमाथि ४–१ को सानदार जित दर्ता गर्दै लिग वानको उपाधि नजिक पुगेको हो । पिएसजीका लागि थप दुई गोल […]

Success

Thank you for your time.