default_image

3 years ago

July 11, 2021

नेपालमा साफ आयोजना गर्न प्रधानमन्त्री ओलीको स्वीकृति

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साफ च्याम्पियनसिप आयोजना गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई स्वीकृति दिएका छन् । सेप्टेम्बर दोस्रो सातामा (असोज पहिलो साता) बंगलादेशमा हुने भनिएको प्रतियोगिता विविध कारणले गर्दा सम्भव नहुने भएपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ । अब बंगलादेशले आयोजना नगरेको […]

74 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा साफ च्याम्पियनसिप आयोजना गर्नका लागि आवश्यक प्रक्रिया अघि बढाउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई स्वीकृति दिएका छन् ।

सेप्टेम्बर दोस्रो सातामा (असोज पहिलो साता) बंगलादेशमा हुने भनिएको प्रतियोगिता विविध कारणले गर्दा सम्भव नहुने भएपछि नेपालले आयोजनाका लागि इच्छा देखाएको छ । अब बंगलादेशले आयोजना नगरेको खण्डमा नेपालले नै आयोजना गर्ने सम्भावना बढेको छ । बालुवाटारस्थित प्रधानमन्त्री निवासमा आइतबार आयोजित खेलाडी पुरस्कृत गर्ने कार्यक्रममा प्रधानमन्त्री ओलीले आयोजना गर्ने अवसर आएको खण्डमा नेपाल त्यसमा अघि बढ्न राष्ट्रिय खेलकुद परिषद (राखेप) र एन्फालाई प्रक्रिया अघि बढाउन स्वीकृति दिएका हुन् ।

प्रधानमन्त्री ओलीले दशैंको बेलामा पर्ने हुनाले खेलाडीले साफ जितेर दशैं मनाउन पाउने बताएका थिए । उनले नेपालले खेल्न नभएर जित्नका लागि साफ च्याम्पियनसिप आयोजना गर्ने समेत जनाए । खेलाडीहरुले प्रधानमन्त्री ओलीले साफ आयोजना गर्न भनेसँगै ताली बजाएर निर्णयको स्वागत गरेका थिए ।

सरकारबाट नै स्वीकृति पाएपछि अब नेपालले यसै साता हुने साफ बैठकमा आयोजनाको प्रस्ताव लाग्ने बुझिएको छ । भुटानले सेप्टेम्बरमा नै साफ च्याम्पियनसिप भएको अवस्थामा सहभागी हुन नसक्ने मौखिक जानकारी दिएको छ । त्यस्तै पाकिस्तान पनि फिफाबाट प्रतिबन्धमा रहेका कारण सहभागी हुने छैन । यस्तो अवस्थामा बढीमा ५ राष्ट्रले साफमा प्रतिस्पर्धा गर्ने देखिन्छ ।

गत वर्ष नै बंगलादेशले आयोजना गर्ने भनिएको प्रतियोगिता कोरोना संक्रमणका कारण एक वर्ष पछि धकेलिएको थियो । यसपटक सेप्टेम्बरमा नै प्रतियोगिता आयोजना भएपनि राजधानी ढाकामा नहुने बंगलादेश फुटबल संघले यसअघि नै जनाएको छ । बंगबन्धु अन्तर्राष्ट्रिय रंगशालाको पुनर्निर्माण जारी रहेका कारण सिल्हेट वा चटगाउँमा प्रतियोगिता हुने सम्भावना रहेको साफका महसचिव अन्वरुल हकले जानकारी दिएका थिए ।

पछिल्लो समय भने कोरोना संक्रमण वृद्धि र प्रायोजक नपाएपछि बंगलादेशमा  नहुने सम्भावना बढेको हो । नेपालले सेप्टेम्बरमा नै साफ आयोजना गर्ने भन्दै राष्ट्रिय टोलीको तयारी सुरु गरिसकेको छ । सेप्टेम्बरमा फिफाको अन्तर्राष्ट्रिय खेलका लागि विन्डो रहेकाले पनि अन्य ५ देशले नै खेल्ने सम्भावना छ ।

पछिल्लो पटक नेपालले सन् २०१३ मा दशरथ रंगशालामा साफ च्याम्पियनसिप आयोजना गरेको थियो । त्यति बेला नेपाल सेमिफाइनल सम्म पुगेको थियो । नेपालले अहिले सम्म साफ च्याम्पियनसिपको फाइनल पुग्न सकेको छैन । सेमिफाइनलसम्म पुग्नु नै नेपालको अहिले सम्मको उच्च प्रदर्शन हो । पछिल्लो पटक सन् २०१८ मा बंगलादेशमै आयोजना हुँदा पनि नेपाल सेमिफाइनल पुगेको थियो ।

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

April 19, 2024

लिभरपुल युरोपा लिगबाट बाहिरियो

एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुल युरोपा लिगबाट बाहिरिएको छ। इटालियन क्लब एट्लान्टालाई क्वाटरफाइनलको दोस्रो लेगमा बिहीबार १-० ले हराएपनि समग्रमा ३-१ ले पछि रहँदै लिभरपुल युरोपा लिगबाट बाहिरिएको हो। घरेलु मैदान एनफिल्डमा भएको पहिलो लेगमा लिभरपुल ३-० ले पराजित भएको थियो। एट्लान्टा सेमिफाइनलमा पुगेको छ। मोहम्मद सलाहले सातौं मिनेट गरको पेनाल्टी गोलमा लिभरपुल विजयी […]

April 18, 2024

पुल्चोक र स्पोर्टस एकेडेमीको जित

काठमाडौं (हाम्रो खेलकुद) – पुल्चोक स्पोर्टस क्लब र स्पोर्टस एकेडेमी साँगाले बिहीबार सहिद स्मारक सी डिभिजन लिगमा जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोतर्फमा स्पोर्टस एकेडेमीले रानीवन स्पोर्टस क्लबलाई १–० ले हराएको छ । स्पोर्टस एकेडेमी टिकाराज गुरुङले ५६ औं मिनेटमा गरेको गोल खेलको निर्णायक बन्यो । ३ खेलमा दोस्रो जितपछि स्पोर्टस् एकेडेमीको […]

Success

Thank you for your time.