default_image

3 years ago

July 12, 2021

मेस्सी भर्सेस रोनाल्डो – अन्तर्राष्ट्रिय फुटबलमा को उत्कृष्ट ?

एजेन्सी – विश्व फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डो आफ्नो करियरको उत्तरार्धमा छन् । समकालिन खेलाडीमध्ये यि दुई खेलाडीबीच को उत्कृष्ट भन्ने विषयमा फुटबल पण्डित र समर्थकबीच वादविवाद हुदै आएको छ । रोनाल्डो ३६ र मेस्सी ३४ वर्ष भएका छन् । मैदानभित्र उनीहरुले गर्ने प्रदर्शनको आधारमा मैदान बाहिर तुलनासँगै चर्चा परिचर्चा […]

77 views

0 Bookmark

एजेन्सी – विश्व फुटबलका दुई हस्ती अर्जेन्टिनी लियोनेल मेस्सी र पोर्चुगिज क्रिस्टियानो रोनाल्डो आफ्नो करियरको उत्तरार्धमा छन् । समकालिन खेलाडीमध्ये यि दुई खेलाडीबीच को उत्कृष्ट भन्ने विषयमा फुटबल पण्डित र समर्थकबीच वादविवाद हुदै आएको छ ।

रोनाल्डो ३६ र मेस्सी ३४ वर्ष भएका छन् । मैदानभित्र उनीहरुले गर्ने प्रदर्शनको आधारमा मैदान बाहिर तुलनासँगै चर्चा परिचर्चा हुने गर्दछ । एकै साथ युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका कप सञ्चालन हुदा रोनाल्डोको कप्तानमा रहेको पोर्चुगल प्रि–क्वाटरफाइनलमा बेल्जियमसँग पराजित हुदै युरोबाट बाहिरिदा आइतबार मेस्सीले आफ्नो कप्तानीमा टोलीलाई २८ वर्षपछि उपाधि दिलाउँदा उनी आफैले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् ।

मेस्सी कोपाको सर्वाेत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता चुनिएका छन् । पोर्चुगल युरोको प्रि–क्वाटरफाइनलबाट बाहिरिएपनि रोनाल्डो युरो २०२० मा सर्वाधिक गोलकर्ता बन्दै गोल्डेन बुट जित्न सफल भए । रोनाल्डोलाई पछ्याइरहेका इंग्ल्यान्डका कप्तान ह्यारी केन र रहिम स्टर्लिङले फाइनलमा गोल गर्न असफल रहे ।

उनले प्रतियोगिताभर कुल सर्वाधिक ५ गोल गर्दै यो अवार्ड हात पारेका हुन् । रोनाल्डोले समूह चरणको तीन खेलमा नै ५ गोल र एक असिस्ट दिएका थिए । उनी युरोपेली च्याम्पियनसिपको समेत सर्वाधिक गोलकर्ता हुन् । उनले कुल १४ गोल गरेका छन् । चेक रिपब्लिकका प्याट्रिक सिकले ५ गोल गरेपनि उनी असिस्टमा पछि परे ।

पोर्चुगिज कप्तान रोनाल्डोले सुरुआती चार खेलमा पाँच गोल गरिसकेका थिए । र, ती पाँच गोलसँगै रोनाल्डोले धेरै वटा कीर्तिमान पनि बनाए । पहिलो खेलमा हंगेरीविरुद्धको खेलसँगै माइकल प्लाटिनीको युरोमा सर्वाधिक ९ गोलको कीर्तिमान भंग गरेका रोनाल्डोले त्यो संख्या १४ गोलमा पु¥याएर बाहिरिए । जारी युरोमै रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा सर्वकालिन सर्वाधिक गोलकर्ता अलि दाईको १०९ गोलको कीर्तिमानसँग बराबरी गरे ।

रोनाल्डोका निकटतम प्रतिद्वन्दी अर्जेन्टिनी कप्तान लियोनेल मेसीले आफ्नै नेतृत्वमा अर्जेन्टिनालाई कोपा अमेरिकाको उपाधि जिताए । पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका मेसीले कोपा अमेरिका २०२१ मा ४ गोल गरे । अर्जेन्टिनाका लागि १५१ खेलमा कुल ७६ गोल गरेका मेसी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोलकर्ताको नवौं स्थानमा छन् ।

आफ्नो करियरको उत्तरार्धमा पुगेका यी दुई खेलाडी पनि विश्व फुटबलमा अझै कीर्तिमान बनाइरहेका छन् । यीनै दुई खेलाडीको ठूला प्रतियोगिता प्रदर्शन कसको बलियो छ त ?

अन्तर्राष्ट्रिय गोल संख्यामा रोनाल्डो अगाडि छन् । उनले अहिलेसम्म पोर्चुगलबाट खेलेर १ सय ९ गोल गरेका छन् । मेस्सीको नाममा ७६ गोल छन् । ठूला प्रतियोगितामा उनीहरुको प्रदर्शन बराबरीकै देखिन्छ । विश्वकप र युरोगमा गरी रोनाल्डोले कुल २१ गोल गरेका छन् । मेस्सीले विश्वकप र कोपा अमेरिकामा १९ गोल गरेका छन् ।

तुलनात्मक रूपमा मेसीले फ्रि–किकमार्फत् धेरै गोल गरेका छन् । उनले २०१४ विश्वकपमा एक, कोपा अमेरिका २०१६ मा एक र कोपा अमेरिका २०२१ मा दुई गोल सोझै फ्रि–किकबाट गरेका थिए । उनले पेनाल्टीमा गरेको एक मात्र गोल २०१५ कोपा अमेरिकामा थियो ।

रोनाल्डोले ठूला प्रतियोगितामा एक मात्र गोल फ्रि–किकबाट सोझै गरेका छन् । उनले २०१८ विश्वकपमा स्पेनविरुद्ध सोझै फ्रि–किकमार्फत् गोल गरेका थिए । त्यस्तै उनले २०१८ विश्वकपमा एक र युरो २०२० मा दुई गोल पेनाल्टीबाट गरेका छन् ।

मेस्सीको तथ्यांक
उपाधि – एक (कोपा अमेरिका २०२१)

कुल १९ गोल

रोनाल्डोको तथ्यांक
उपाधि – दुई (युरो २०१६ र युइएफए नेसन्स लिग २०१९)

कुल २१ गोल

April 18, 2024

एन्फा उपाध्यक्ष लामा छुटे

काठमाडाैं (हाम्रो खेलकुद)- अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा छुटेका छन् । उनी बुधबार पक्राउ परेका थिए । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेर लामालाई बिहीबार उच्च अदालत पाटनमा पेश गरेको थियो । सो क्रममा लामाले सर्वोच्च अदालतबाट तारेखमा राख्नु भन्ने आदेश लिएको पेश गरेपछि उनी छुटेको अपराध अनुसन्धान कार्यालयले […]

April 18, 2024

सिटीलाई हराउँदै रियल च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – साविक विजेता म्याचेस्टर सिटीलाई हराउँदै रियल म्याड्रिड च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । सिटीलाई बुधबार पेनाल्टी सुट आउटमा ४–३ ले हराउँदै रियल अन्तिम चारमा पुगेको हो । गोलकिपर लुनिनले दुई पेनाल्टी रोकेपछि १४ पटकको विजेता रियलको सेमिफाइनल यात्रा तय गरेको थियो । त्यसअघि रियल र सिटीबीचको क्वार्टरफाइनलको दोस्रो लेगको निर्धारित र थप सयम […]

April 18, 2024

बार्यन म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा

एजेन्सी – बायर्न म्युनिख च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । इंग्लिस क्लब आर्सनललाई बुधबार दोस्रो लेगमा १–० ले हराएपछि समग्रमा ३–२ को नतिजासहित जर्मन टोली बार्यन अन्तिम चारमा पुगेको हो । आर्सनलको मैदानमा भएको पहिलो लेग २–२ को बराबरीमा टुंगिएको थियो । जोसुवा किमिचले गरेको गोल बायर्नका लागि निर्णायक बन्यो । उनले ६३ औं […]

Success

Thank you for your time.